ताजा खवरहरु:

एडेलेडमा नेपाली बिद्यार्थीका लागी शैक्षिक संस्थाहरुसँग छुटका लागी पहल गरिदै

२० मे २FB_IMG_1430005213478०१५, एडेलेड- भर्खरै महा-भूकम्पको चपेटामा परेका नेपाली बिद्यार्थीहरुका लागी एडेलेडमा युनिभरसिटी तथा कलेजहरुसँग समन्वय गरेर छुटका लागी पहल गर्ने कार्य भैरहेको छ । महा भुक्पमा परी नेपालमा अधिकाशं घरहरु भत्किएको अवस्थमा १५-२०% सम्मको छुटको राहतपनि नेपाली बिद्यार्थीहरुका लागी यस पिडाको क्षणमा मलमको कार्य गर्ने महसुस गरिएको छ ।

युनिभर्सिटी तथा कलेजहरु तथा सरकारी निकायसँग समन्वय गरिसख्नु भएका समुदायसेवी गोबिन्द राणाले हालसम्मको समन्वयमा निकै सकारात्मक नतिजा प्राप्त भएकाले उपलब्धी हात लाग्ने कुरामा ठुलो आशा रहेको बताउनुभयो ।

 ‘अहिले केही भन्न नसकिएपनि सुक्रबारको बहुसंस्कृती मन्त्रीको प्रतिकृया पछी केही भन्न सकिन्छ होला’ उहाले थप्नु भयो ।

एडेलेडमा रहेका नेपाली बिद्यार्थीहरुको संख्या पत्ता लगाउन प्रयासरत रहनुभएका दिपक लामाले नेपाली दुताबाससँग सम्पर्क गर्दापनि संख्या पत्ता लगाउने आधार नदेखिएपछी बिद्यार्थीहरुलाई नै आफ्नो बिबरण यथासक्य चाडो उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्नुभएको छ । बिद्यार्थीहरुले आफ्नो बिबरण सजिलैसँग घरमै बसेर दिनसकुन भनेर आजै गुगल फर्मको निर्माण गरेर फेसबुकमार्फत सार्बजनिक गरिएको पनि बताउनु भयो । उक्त बिबरण फारम तलको लिङ्कमा क्लिक गरेर पनि प्रापत गर्न सकिने छ;

Nepalese International Student in Adelaide data sheet

सबैलाई यथासक्य चाडो फारम भर्न आग्रह गर्दै, हालसम्म नेपाली बिद्यार्थीहरुले निक्कै उत्सुकता देखाइरहेको र शुक्रवार सम्ममा करिब सबैले भरिसक्नेमा आफु आशाबादी रहेको उहाले बताउनुभयो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading