ताजा खवरहरु:

वैज्ञानिक भन्छन्- आज भूकम्प आउने निश्चित थियो : यस्तो थियो अमेरिकी भूगर्भशास्त्री पूर्वानुमान

काठमाडौं । मंगलबार दिउँसोको भूकम्पलाई वैज्ञानिकहरुले अवश्यंभावी बताएका छन् । काठमाडौंभन्दा १५० किमी पूर्वतर्फ मंगलबारको जत्रो भूकम्प जाने पूर्वानुमान अमेरिकी भूगर्भशास्त्रीहरुले दुई साताअघि नै गरेको दाबी गरेका छन् ।

बीबीसीका विज्ञान सम्वाददाता जोनाथोन अमोसले मंगलबारको भूकम्पबारे विश्लेषण गर्दै लखेका छन्-‘मंगलबारको जस्तो ठूलो भूकम्प जाने वैज्ञानिकहरुले यसअघि नै पूर्वानुमान गरेका थिए ।’
दुई साताअघि अमेरिकी भूगर्भशास्त्रीले गरेको सर्वेक्षणमा वैशाख १२ को भूकम्पपछि काठमाडौंबाट १५० किलोमिटर पूर्वको भूगर्भमा केही चिरा देखिएको थियो
बारपाकको भूकम्पीय केन्द्रले देालखा आसपासको जमीन मुनि पारेको धाँजाका कारण मंगलबार अर्को भूकम्प गएको वैज्ञानिहरुको दाबी छ ।
दुई साताअघि अमेरिकी भूगर्भशास्त्रीले गरेको सर्वेक्षणमा वैशाख १२ को भूकम्पपछि काठमाडौंबाट १५० किलोमिटर (९३ माइल) पूर्वको भूगर्भमा केही चिरा देखिएको थियो । सो चिरा बैशाख १२ को भूकम्पीय ‘फल्ट लाइन’को पूर्वी किनारामा पर्ने देखाइएको थियो, मंगलबार त्यसैको आसपासमा केन्द्रविन्दु भएको भूकम्प गएको छ ।
वैज्ञानिकहरुका अनुसार वैशाख १२ पछि दोलखा र सिन्धुपाल्चोकको सीमा आसपासको जमिनमुनि देखिएको सोही ‘फल्ट’का कारण मंगलबारको जत्रो भूकम्प आउनु अवश्यंभावी थियो ।
मंगलबार आएको ठूलो भूकम्पले दुई साता पहिलेको सो आँकलनलाई सही सावित गरिदिएको वैज्ञानिकहरुको दाबी छ । ‘यस सन्दर्भमा पहिलेकै जस्तो यो दोस्रो भूकम्प लगभग निश्चित थियो,’ बीबीसीको रिपोर्टमा भनिएको छ, ‘अमेरिकी भौगर्भिक सर्वेक्षणले सामान्यतः यस क्षेत्रमा एक झड्काको पूर्वानुमान गरेको थियो ।’
दोस्रो भूकम्पपछि अब नेपालमा अर्को भूकम्पको सम्भावना छ कि छैन ? यसबारे चाहिँ अमेरिकी भूगर्भशास्त्रीहरु मौन छन् ।
अमेरिकी सर्वेक्षणले यो साता ७.८ रेक्टरसम्मको भूकम्प जान सक्ने ‘निश्चितरुपले सम्भव’ बताएको थियो ।
अमेरिकी भूगर्भशास्त्रीहरुको विश्लेषण अनुसार विसं. १९९० सालमा नेपालमा गएको भूकम्पपछि लगत्तै अर्को शक्तिशाली भूकम्प गएको हुनुपर्छ । बीबीसीको रिपोर्टमा भनिएको छ, ‘मंगलबारको ठूलो भूकम्पका साथसाथ हामी वैशाख १२ लाई हेर्न सक्छौं, कि यी दुई भूकम्पका वीचमा कुनै दरार परेको हुन सक्थ्यो, जस्तो १९४९ -विसं.१९९०) मा भएको थियो ।’
अब के हुन्छ ?
मंगलबारको दोस्रो भूकम्पपछि अब नेपालमा अर्को भूकम्पको सम्भावना छ कि छैन ? यसबारे चाहिँ अमेरिकी भूगर्भशास्त्रीहरु मौन छन् ।

इरान, हाइटी र चिलीमा पनि उस्तै

भूगर्भविदहरुले ठूलो भूकम्प आएपछि स-साना पराकम्प मात्रै आउने बताइरहेका भए पनि सन् २०१३ मा इरानमा पनि अहिलेको नेपालमा जस्तै भएको थियो ।
सन् २०१३ अपि्रल ९ मा इरानमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । तर, त्यसको एक सातापछि अपि्रल १६ मा त्यो भन्दा ठूलो ७.८ रेक्टर स्केलको भूकम्प गयो ।
हाइटीमा सन् २०१० जनवरी १२ मा ७ रेक्टर स्केलको भूकम्प गएको थियो । जनवरी १२ मा ५.९ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो ।
त्यस्तै चिलीमा सन् २०१० फेबु्रअरी २७ मा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो भने मार्च ११ मा ६.९ मा दोस्रो भूकम्प गएको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading