ताजा खवरहरु:

गेष्ट हाउसको पानी ट्याङकीमा शब

काठमाडौं–भोटेबहालको एक गेष्ट हाउसको पानी ट्याङकीमा पानी हाल्नेक्रममा युवकको शब फेला परेको छ। भोटेबहालको आनन्द गेष्ट हाउसको अन्डरग्राउन्ड ट्याङकीमा अन्दाजी २५ देखी ३० वर्ष उमेरको एक युवकको शब फेला परेको हो।गेष्ट हाउसको ट्याङकीमा पानी सकिएपछि सञ्चालकले पानी ट्याङकी मगाएका थिए। ट्याङकी खोलेर पानी हाल्नेक्रममा तैरिरहेको युवकको शब फेला परेपछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए। शब पुरै विग्रिसकेको अवस्थामा रहेकाले अन्दाजी एक साता अगाडिनै ती ब्यक्तिको मृत्यु भएको प्रहरीको आशंका छ।

ज्याकेट र सर्ट पाइन्ट लगाएको मंगोलियन मुहारको युवकको पहिचान हुन सकेको छैन। कपडा लगाएको अवस्थामा उनको शब रहे पनि त्यसमा उनको पहिचान खुल्ने कुनै कागजपत्र फेला नपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।
शबमा कुनै गम्भिर चोट पटक फेला परेको छैन। तर, जस्ताको टहरामुनी रहेको ट्याङकीको मुख छोपिएको अवस्थामा भित्र शब फेला परेकाले हत्या गरेर फालेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
शव गलिसकेकाले युवकको मुहारका आधारमा समेत पहिचान हुनसक्ने अवस्था नरहेकाले प्रहरी हराएको ब्यक्तिबारे प्रहरी कार्यालयमा आएका जानकारीबाट ती ब्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको जानकारीदिँदै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अनुसन्धान अगाडि बढिरहेको जानकारी दिए।

– See more at: http://nagariknews.com/society/crime/story/37901.html#sthash.pxcXrIfL.dpuf


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading