ताजा खवरहरु:

टाउकाको पनि प्रत्यारोपण ?

Worlds-First-Head-Transplant-A-Success-800x500_c११ मे २०१५, साउथ अफ्रिका- किड्नी, आँखा लागायतको प्रत्यारोपणको खबर त नौलो होइन, हुदा हुदा मुटु सम्मपनि सुनिसकिएको कुरा हो । तर टाउकाको पनि प्रत्यारोपण भयो भन्दा पत्याउनु हुन्छ ? साउथ अफ्रिकामा भर्खरै यो नया प्रयोग सफल भएको संचार माध्यमहरुले जनाएका छन् ।

first ever head transplantन्युजइक्जामिनर भन्ने पत्रिकाले जनाए अनुसार जोहेन्सवर्ग साउथअफ्रिका शल्यचिकित्सकको समूह १९ घण्टाको शल्याक्रियापछि टाउको प्रत्यारोपण गर्न सफल भएको हो । हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर नामका ब्यक्तिको टाउको  २१ वर्षीय अर्काे युवकको शरीरमा सफल प्रत्यारोपण गरेका हुन् । पाउललाई ५ वर्षदेखि हड्डीको क्यान्सर थियो । शल्यक्रिया गर्ने समूहका सदस्य रहेका डाक्टर टम डोनीले भने, ‘एक जनाको टाउकोमा अर्काको शरीरमा जोड्नु चिकित्सा विज्ञानको ठूलो सफलता हो ।’  उक्त सफल शल्यक्रियाले चिकित्सा विज्ञानमा असिमित संभावना देखाएको उनले बताए । जोहेन्सवर्ग एकेडेमी अस्पतालका सर्जनहरुले यो शल्यक्रिया फ्रेबु्रअरीमैँ गरेका थिए । सर्जनहरुले शल्यक्रिया सफल भएपनि केही समय बिरामीको अवस्था हेर्नका लागि सार्वजनिक नगरेको बताएका छन् । शल्यक्रिया प्रोफेसर म्यारन डेनसको नेतृत्वमा फेब्रुअरी १० भएको थियो । सन् २०१२मा  कार दुर्घटनामा परी ब्रेन डेथ भएका ब्यक्तिको शरीर पाउलको टाउकोमा जोडिएको हो ।  ब्रेन डेथ भएका ती २१ वर्षीय ब्यक्तिको ब्रेन रिकभर हुने संभावना नभएपछि उनको शरीर प्रत्यारोपण लागि उनका परिवारसँग अनुमति मागिएको थियो । परिवारले अर्काे ब्यक्तिको ज्यान जोगाउन आफ्नो छोराको शरीर दान गरेको बताएका छन् । प्रत्यरोपण गरिएका ब्यक्तिको शरीर अहिले ८५ प्रतिशत रिकभर भएको चिकित्सकले बताएका छन् ।  उनी हिड्न, बोल्न र सामान्य क्रियाकलाप गर्न सक्छन् । – See more at: http://swasthyakhabar.com/2015/05/28577.html#sthash.HlQegFlA.dpuf


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading