बेलायतको निर्वाचनमा नेपाली बिजयी
१० मे २०१५, लण्डन- तनहुँको घाँसीकुवा कमलबारीमा जन्मिएका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका छन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै निर्वाचित भएका हुन्। देशैभर लेभर पार्टीको कमजोर प्रदर्शनका बाबजुद कैनी आफ्नो क्षेत्रमा विजयी भएका हुन ।
डार्टफोर्ड क्षेत्रमा खसेको कुल दुई हजार २५० मतमध्ये कैनीले ८४६ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी बट्लरले आठ सय दुई मत पाएका छन् ।काउन्सिलरमा विजयी भएपछि कैनीको मेयर पदका लागि उम्मेदवार बन्न पाउने बाटो खुलेको छ । रासस

Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस