ताजा खवरहरु:

बधाइ क्यामरनलाइ, ब्रिटेनमा मन्त्रीमण्डल गठनको गृहकार्य

नवनिर्वाचित ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले यो सप्ताहन्त उनको पार्टीका सदस्यहरुमात्र हुने मन्त्रिपरिषद गठनको तयारी गर्ने भएका छन्। बिहिबार भएको चुनावमा उनको पार्टीले बहुमत पाएको छ। उनले जर्ज असबर्नलाई अर्थमन्त्री तथा प्रथम विदेश मन्त्रीमा चयन गरिसकेका छन्। त्यसैगरी थेरेसा मे गृहमन्त्री, फिलिप ह्यामोण्ड विदेश मन्त्री र माइकल फ्यालोन रक्षा मन्त्रीमा कायम भएका छन्।

एकीकृत देश

क्यामरनको कन्जरभेटिभ पार्टीले बहुमतको सरकार बनाउन आवश्यक भन्दा पाँच सांसद संख्या बढि अर्थात ३ सय ३१ सीट जितेको थियो। सन १९९२ यता कन्जरभेटिभहरुले पहिलोपटक स्पष्ट जीत हात पारेका हुन्। अनपेक्षित स्पष्ट चुनावी जीतपछि डेभिड क्यामरनले संयुक्त अधिराज्यलाई एकीकृत राख्ने धारणा व्यक्त गरेका छन्। उत्तरतर्फ स्वतन्त्र राज्य पक्षधर स्कटिश नेशनल पार्टीको ठूलो जीतपछि उनले स्कटल्याण्डको संसदलाई संसारको सबैभन्दा बढी विकेन्द्रित र बलियो सरकार दिने बताएका छन्। क्यामरनले वेल्स र नर्दर्न आयरल्याण्डका संसदहरुलाई पनि धेरै शक्ति हस्तान्तरण गर्ने जनाएका छन्।

युरोपियन युनियन

नवनिर्वाचित ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले युरोपियन युनियनसँग ब्रिटेनको सम्बन्धमाथि महत्वपूर्ण परिवर्तनको प्रयत्न गर्ने पुन दोहोर्याएका छन्।इयुुमा ब्रिटिश सदस्यताका शर्तहरु पुन संझौता गर्ने र त्यस बिषयमा संभवत सन २०१७ मा जनमत संग्रह गर्ने भन्ने क्यामरनको कन्जरभेटिभ पार्टीको मुख्य चुनावी प्रतिबद्धता थियो।युरोपियन कमिशनका अध्यक्ष जाँ क्लड युङ्करले इयुको सुधारबारे जुनसुकै ब्रिटिश प्रस्तावमाथि छलफल गर्ने बताएका छन्।तर युरोपमा श्रमको स्वतन्त्र आवागमन जस्तो आधारभुत सिद्धान्त भने संझौताको विषय बन्न नसक्ने उनको भनाइ छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading