ताजा खवरहरु:

पाकिस्तानमा नर्वे र फिलिपिन्सको राजदुतसहित ६ जनाको मृत्यु

inp

पाकिस्तानमा २५ वैशाखमा हेलिकोप्टर दुर्घटना हुँदा पाकिस्तानका लागि नर्वे र फिलिपिन्सका राजदूत साथै मलेशिया र इण्डोनेशियाका राजदूतका श्रीमतीहरुको मृत्यु भएको छ ।

पाकिस्तानी पत्रिका ‘डन’को अनलाइन संस्करणले जनाए अनुसार राजदूतहरु चढेको हेलिकप्टर गिलगिट–बल्तिस्तानको नलतार उपत्यकामा एउटा विद्यालय

नजिकै खसेको थियो ।

पाकिस्तानी सेनाको उक्त हेलिकोप्टर दुर्घटना हुँदा दुई जना पाइलटको पनि ज्यान गएको ‘डन’ ले उल्लेख गरेको छ ।

दुर्घटनामा पोल्याण्ड र नेदरल्याण्ड्सका राजदूतहरु घाइते भएको बताइएको छ ।

गिलगिटमा आयोजित कुटनीतिक भ्रमणका लागि तीन वटा हेलिकोप्टरमा  ३७ देशका कुटनीतिज्ञहरु जाने क्रममा एउटा हेलिकोप्टर दुर्घटना भएको हो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading