ताजा खवरहरु:

नेपाल टेलिकम र एनसेललाई नि:शुल्क फ्रिक्वेन्सी

दूरसञ्चार प्राधिकरणले महाभूकम्पबाट धेरै टावरहरूमा क्षति पुगेकोले तत्कालका लागि नेपाल टेलिकम र एनसेललाई नि:शुल्क रूपमा चारचार मेगाहर्ज फ्रिक्वेन्सी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
महाभूकम्पबाट ग्रामीण र दुर्गम क्षेत्रका दूरसञ्चार पूर्वाधारमा धेरै क्षति भएपछि राहत तथा पुनस्र्थापनाका लागि गुणस्तरीय र सर्वसुलभ दूरसञ्चार सेवा पु:याउन फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय प्राधिकरणले बुधबार गरेको हो।

विपद्को समयमा मोबाइल प्रयोगकर्ताको संख्यासमेत पहिलेभन्दा धेरै हुने भएका कारण हाल प्रयोगमा नरहेको नौ सय मेगाहर्जमा थप फ्रिक्वेन्सी उपलब्ध गराउन सकेमा हाल भएकै टावरबाट पनि गुणस्तर वृद्धि हुने भएकोले सो फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय भएको जानकारी प्राधिकरणले दिएको छ।
त्यस्तै भूकम्पपीडितलाई दूरसञ्चार सेवा प्रदायक संस्थाहरूले दिन सक्ने सेवासुविधा र राहतका लागि सहयोगी भूमिका र निर्णय गर्नसमेत प्राधिकरण तयार रहेको जनाएको छ। यसका लागि सेवा प्रदायकसँग ठोस योजना माग्ने निर्णय गरेको जानकारी प्रवक्ता अच्युतानन्द मिश्रले दिए।
भूकम्पपीडितलाई राहतका लागि प्राधिकरणले पाँच करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ।
यसैगरी प्राधिकरणका अध्यक्ष र अधिकृतस्तरका कर्मचारीले १५ दिनको र सहायक एवं श्रेणीविहीन कर्मचारीको सात दिनको तलब र प्राधिकरणका अध्यक्ष तथा सदस्यले पाँचवटा बैठकको भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading