भु-कम्प पिडीतलाई मनिग्रामले २५ हजार डलर दिने
काठमाडौं-रेमिट सेवाप्रदायक कम्पनी मनिग्रामले वैशाख १२ गते गएको महाभूकम्पका पीडितको सहयोगका लागि विभिन्न राहत घोषणा गरेको छ।
मनिग्रामले तत्काल राहतको लागी २५ हजार अमेरिकी डलर सहयोग गर्ने कम्पनीले जनाएको छ। ३१ मेसम्म लागू हुने गरी मनिग्रामले भूकम्प पीडितलाई सहयोग गर्न अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाई निःशुल्क पैसा पठाउने सुविधासमेत उपलब्ध गराएको जनाएको छ। अमेरिकाबाट अनलाइमार्फत अमेरिकन रेडक्रस इन्टरनेशनल सर्भिसेसमा आर्थिक सहयोग गर्न चाहनेहरुलाई सेवा शुल्क मिनाह गर्ने बताइएको छ। सो सहयोग तत्कालदेखि दिर्घकालिनसम्म प्रभावित वा अन्य सहयोगका लागी प्रयोग गरिने मनिग्राले जनाएको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस