ताजा खवरहरु:

पपुवा न्युगिनीमा पुनः ७.२ रेक्टर स्केलको भूकम्प

पपुवा न्युगिनीमा पुनः ७.२ रेक्टर स्केलको भूकम्प८ मे २०१५, बेइजिङ- पपुवा न्युगिनीमा बिहीबार पुनः ७.२ रेक्टरको भूकम्प गएको समाचार छ । जिएमटी समयाअनुसार बिहीबार ०७१० मा पपुवा न्युगिनीको पाङ्गुनादेखि १३० किलोमिटर दक्षिण–पश्चिममा यस भूकम्पले बढी प्रभावित पारेको भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १० किलोमिटर गहिराइमा ७.२ डिग्री दक्षिणी आक्षांश र १५४.७ डिग्रीको देशान्तरमा रहेको जनाइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा सम्पत्ति क्षतिको कुनै समाचार नभएको जनाइएको छ ।

गत मङ्गलबार पनि पपुवा न्युगिनीमा न्यु ब्रिटेन क्षेत्रमा ७.४ रेक्टरको भूकम्प गएको जनाइएको छ । सो भूकम्पपछि स्थानीय तटीय क्षेत्रमा सुनामीको चेतावनीसमेत दिइएको थियो ।सो भूकम्पको केन्द्रबिन्दु दक्षिण–पश्चिमी सहर कोकोपोदेखि १३३ किलोमिटर दक्षिणमा न्यु ब्रिटेन क्षेत्रको आसपासमा ६३ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको थियो ।

सो भूकम्पछि प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रकले आज आएको यस भूकम्पको केन्द्रबिन्दु रहेको ३०० किलोमिटर वरपरसम्म खतरनाक सुनामीका छालहरू आउन सक्ने सम्भावना चेतावनी दिएको थियो । रासस/ सिन्ह्वा

– नागरीकले लेखेको छ । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading