युकेको सलाद मास्टरले भुकम्प पीडितका २५ घर बनाइदिने
२४ बैसाख- गत वैसाख १२ गते नेपालमा आएको महाभूकम्पबाट धनजनको क्षति पश्चात संसारभरबाट राहत सामाग्रीसँगै दीर्घकालीन सहयोग जुट्ने क्रम पनि सुरु भएको छ ।
यसै क्रममा अन्तर्राष्ट्रिय व्यवसायिक कम्पनी सलाद माष्टर यूकेले पनि सहयोगको हात अगाडि बढाउंदै पीडितहरुका लागि २५ वटा नयाँ घर बनाइदिने
भएको छ । गत बिहीबार स्पेनको बार्सिलोनामा भएको सलाद माष्टरको अन्तर्राष्ट्रिय सेमिनारमा यस सम्वन्धि प्रस्ताव आएको हो ।
एस फोर यू हेल्थीलाइफ लिमिटेड यूकेका प्रबन्ध निर्देशक शिवजी श्रेष्ठले
बार्सिलोना सेमिनारमा भूकम्पपछि नेपालको अवस्था चित्रण गरेका थिए । उनले भूकम्पका कारण कतिपय गाउं नै सखाप भएर धेरै घरवारबिहीन हुनपुगेकाले तत्काल राहतबाहेक दीर्घकालीन सहयोग पनि त्यति नै खांचो रहेको बताएपछि विभिन्न राष्ट्रबाट आएका सहभागीले सहमति जनाएका हुन् । श्रेष्ठले यस किसिमको सहयोग व्यक्तिगत भन्दासंस्थागत तवरले गर्नु अझ प्रभावकारी हुनेमा जोड दिएका थिए । यसको संयोजन गर्ने जिम्मा शिवजी श्रेष्ठलाई नै दिइएको छ ।
उता, श्रेष्ठ प्रमुख संयोजक रहेको नेपाल भूकम्प आपतकालीन अभियान यूकेले अभियानमार्फत २३ सय (तेइस सय) केजी अति आवश्यक राहत सामाग्री नेपाल पठाइसकेको अभियानमा संलग्न एनआरएनए यूकेका उपाध्यक्ष समेत रहेका हिराधन राईले बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस