नेपाली मूलका सिटौला अमेरिकामा उपमेयर निर्वाचित

kiran-sitaula-11२४ वैसाख- नेपाली मूलका किरण सिटौला अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको उपमेयरमा विजयी भएका छन् । अमेरिकामा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा निर्वाचित भएको यो पहिलो घटना हो ।

विगत केही बर्षयता नेपाली मूलका व्यक्तिले विभिन्न सार्वजनिक पदमा प्रत्यासी बन्दै आए पनि सफलता खासै पाएका थिएनन् । ‘ब्लु स्टेट’ अर्थात् डेमोक्रयाट पार्टीको दबदबा रहेको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको उपमेयर पदका लागि सिटौला स्वतन्त्र उमेम्दवारको हैसियतमा चुनावी मैदानमा उत्रिएका थिए ।

चाल्र्स काउन्टीको सो सहरमा करिब ६ हजार जनसंख्या छ । अमेरिकी राष्ट्रपतीय भवन रहेको ह्वाईट हाउस क्षेत्रबाट आधा घण्टाको ड्राईभिङमा अवस्थित इण्डियन हेड सिटीमा सिटौलासहित दुई नेपाली परिवार मात्र बसोबास गर्दै आएको छ । ‘चुनावी नतिजा, सामाजिक कामको मूल्याङकन हो र आगामि कामको चुनौती पनि,’ जितपछि कान्तिपुरसँग टेलिफोन कुराकानीमा ४१ बर्षीय सिटौलाले भने, ‘स्वेत एवं अश्वेत, दुवै पक्षको सर्मथन पाएको छु ।’

उनको कार्यकाल चार बर्षको रहेको छ । मेयरमा श्वेत उम्मेदवार ब्रायडन पोलिन एवम काउन्सिल म्यानमा अश्वेत कोर्टिस स्मिथले जित हासिल गरेका छन् । पुर्खाैली थलो तेह्रथुम, खाम्लाली भए पनि काठमाडौंको नक्सालमा जन्मिएका सिटौला, पन्ध्र बर्षदेखि सो सिटीमा बस्दै आएका छन् । उनको चुनावी प्रचारमा उनकै परिवारका सदस्यहरु मात्र सहभागी थिए । चुनाव प्रचारमा करिब दुई हजार डलर मात्र खच भएको सिटौलाले बताए ।

बुढानीलकण्ठ बिद्यालयबाट हाईस्कुल शिक्षा लिएका सिटौला सन् १९९४ मा उच्चशिक्षाका लागि अमेरिका आएका थिए । उनले विश्व बैंकका साथै अमेरिकी पत्रिका ‘युएसए टुडे’ मा पाँच बर्ष सिनियर सर्कुेलेसन म्यानजेरका रुपमा काम गरेका थिए । हाल भने उनी राजश्व विभाग अन्र्तगत ओबामा केयरको प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत छन् ।

Advertisements

Leave a Reply