ताजा खवरहरु:

एडेलेडमा नेपाली बिद्यालय

ascot park-मिलन दाहाल

६ मार्च २०१५, एडेलेड- प्रवासमा जीवन निकके‍ै काठीन हुन्छ, शेष घलेले भर्खरै नेपालका भु-कम्पपीडितलाइ सहयोग गर्ने क्रममा भनेजस्तै । जसोतसो नेपालीहरुले रोपेकै छन प्रवासमा आफुलाइ र आफ्ना सन्तानलाइ विश्व रंगमंचमा एक कुशल प्रतिस्पर्धीका रुपमा उभ्याउने प्रणका साथ बढाइरहेछन पाइलाहरु । अधिकाश नेपाली अभिभावकको चाहाना, आफ्ना सन्तानको मन नेपाली बनाइराख्ने । त्यही दयालुमा दयालु र बहादुरमा बहादुरका साथमा चतुरमा चतुरता   अनि विश्वसंग

प्रतिस्पर्धा गर्नसक्ने क्षमता थपेर । त्यसैले प्रवासमा आमाबाबुले कतै सन्तानले नेपालीत्व बिर्सिने हुुनकि भनेर अत्यन्त चिन्ता गर्ने गरेका छन् ।

 एडेलेडका एक अभिभाबक गोकुल घिमिरेलाइ छोरी बढ्ने क्रमसगै यही चिन्ताले सताइरहेको थियो  र यसैको उपज मनमा एकदिन नेपाली बाल-बच्चालाइ नेपाली भाषा, संस्कृती, रहनसहन, नेपाली इतिहास आदिका बारेमा शिक्षा दिन एक नेपाली बिद्यालयको परिकल्पना दिमागमा आयो । उनले यो परिकल्पनालाइ धेरैदिनसम्म आफुभित्र राख्न सकेनन् र केही जागारुक नेपालीहरुमाझ आफ्नो परिकल्पना राखे र “नेपाली पाठशाला” नामको एक संस्थाको हत्तपत्त सुरुवात गरिहाले । ” समान सहभागिता समान योगदान; नेपाली भाषा र संस्कृतीको उत्थान” भन्ने मुलनारा लिएको यस संस्थाले नेपाली वाल-वालिकालाइ बिदाको दिनमा हप्ताको एक दिन नेपाली भाषा, संस्कृती लगायत विविध बिषयबारे ज्ञान दिनेगरेको छ । यस संस्थाले आफ्नो खर्च समुदायको सहयोगमा नै संकलन गर्ने गरेको छ ।ans1

यसैको परिस्कृत स्वरुपबारे एडेलेडमा अर्को अभिभावक समुह चिन्तनशील थियो । उनिहरु सोचीरहेका थिए, हामी यो बहु-सांस्कृतिक देशमा यत्तिका पसिना बगाएर काम गर्दै कर तिर्छौ, राज्यलेपनि अन्य सस्कृतीमा लगानी गर्ने कुरा गरेको छ भने, हामीले आफ्ना वाल-वालिकालाइ किन सरकारकै खर्चमा आफ्नो संस्कृतीबारे जान्ने अवसर प्रदान नगर्ने ? यसैको प्रतिफलस्वरुप दक्षीणी एडेलेडमा “एडेलेड नेपाली बिद्यालय” नामको नि:शुल्क नेपाली भाषा, संस्कृती आदिबारे ज्ञान दिने संस्थाको गठन हुनपुग्यो ।ans1

२०१२ मा दर्ता भएको एडेलेड नेपाली समाज नामक नेपाली संस्थाले शुरुवात गरेको एडेलेड नेपाली बिद्यालयपानि एडेलेडमा भएका अन्य जातिय बिद्यालयसरह साउथ अष्ट्रेलियान सरकारबाट मान्यता पाएको बिद्यालय हो । बिद्यालयको दिर्घकालिन लक्ष्य नेपाली भाषा र संस्कृतीको उत्थान गर्नु रहेको छ । यस्ताखाले बिद्यालयहरुको हरेक क्रियाकलापमा संलग्न हुनका लागी सरकारको जातीय बिद्यालय हेर्ने निकायको नियमअनुसार बिशेष प्रकारको तालिम लिएको हुनुपर्दछ साथै बच्चाहरुसंग काम गर्न सक्ने एकखाले सरकारको छानबिन समेत पास गरेको हुनुपर्दछ । ans2

बिद्यालयका लागी सरकारको जातीय बिद्यालय हेर्ने निकायबाट रकम प्राप्त हुने भएकाले नेपाली अभिभाबकहारुले बिद्यालय चलाउन आवश्यक पर्ने रकमको भागिदार बन्नु पनि पर्ने छैन । विद्यालयका लागि चाहिने सम्पुर्ण सामाग्रीहरुको खरिद गर्न सरकारी निकायले रकम प्रदान गर्ने भएपनि शिक्षकको तलवका लागी भने सरकारले पैसा दिने छैन, तसर्थ बिद्यालयलाइ पठनपाठनका लागी स्वयंसेवकहरुको आवश्यकता भने पर्ने छ ।  यसरी यस्ता विद्यालयमा पढाउने शिक्षकहरुले भाषासम्बन्धि केही तालिम लिनैपर्ने हुन्छ र गएको डिसेम्बरमा केही नेपालीहरुले चारदिने यस्तो तालिम पनि लिइसकेका छन । यसका साथसाथै समय-समयमा अन्य तालिमहरुपानि लिइराख्नुपर्ने हुन्छ ।

एडेलेड नेपाली बिद्यालय हरेक शनिबार ३ घन्टा एस्कट पार्क प्राइमरी स्कुलको भवनमा संचालित छ ।

(मन्जुले दिनुभएको जानकारीहरुमा आधारीत)


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading