सलमान जेल जाने करिव पक्का
मुम्बई– मुम्बईको एक सत्र अदालतले बलिउड अभिनेता सलमान खानलाई ‘हिन एण्ड रन’ मुद्दामा बुधबार दोषी ठहर गरेको छ। यस फैसलापछि अभिनेता सलमानलाई १० वर्षसम्मको कैद सजाय हुन सक्नेछ। अदालतले रक्सीको नशामा सलमानले गाडी चलाएको पीडित पक्षको आरोपलाई सही मानेको छ। र, सलमानलाई दोषी रहेको ठहर गरेको छ। तर, सजायको फैसला भने सुनाईसकेको छैन।
सन् २००२ सेप्टेम्बर २८ को राती रक्सीको नशामा टोयोटा ल्याण्ड क्रुजर चलाउँदा बान्द्रा उपनगरको सडक पेटीमा सुतेका व्यक्ति मध्ये उनको गाडीले किचेर एक व्यक्तिको मृत्यु भएको र अन्य ४ जना घाइते भएको पीडित पक्षको आरोप थियो। तर, सलमानले भने उक्त रात आफूले नशा सेवन नगरेको र गाडीमा बसेको भए पनि उनको ड्राइभरले गाडी चलाएको बयान अदालत समक्ष दिँदै आएका थिए।
अदालतको फैसला सुन्न अदालतमा बुधबार बिहानैदेखि मिडियाको भीड लागेको थियो। प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो।
भारतको श्रीनगरमा फिल्म बजरङगी भाईको शुटिङमा रहेका सलमान मंगलबार साँझ मुम्बई आएका थिए। मुम्बईमा गएराती सलमान आफ्ना परिवारसँगै रहेका थिए। अर्का बलिउड सुपस्टार शाहरुख खान पनि गएराती सलमानको घर गएका थिए र धेरै समय त्यहाँ विताएका थिए। डेविड धवन, साजिद नाडिवाला र बाबा सिद्दीकी पनि सलमानलाई भेट्न गएका थिए।
नेपालको भुकम्पपीडितलाइ सहयोग नगरेको भन्दै उनका नेपाली फ्यानहरु रुस्ट बनेका छन् भने नेपालमा उनको चलचित्र बहिस्कार हुनेपनि पक्का-पक्कि छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस