ताजा खवरहरु:

‘भारतीय प्रधानमन्त्री मोदीको शिर काट्ने अलकायदाको चेतावनी

आतंकबादी संगठन अलकायदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुश्मन बनाएको छ । आफ्नो सूचीमा मोदीको नाम राख्दै अबको प्रमुख दुश्मन मोदी भएको अलकायदाले भिडियोमार्फत जनाएको छ ।

भारत तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भिडियो पठाउँदै अलकायदाले नरेन्द्र

मोदी इस्लामका विरोधी भएकाले मुख्य दुश्मन बनाएको हो । अलकायदाले इस्लामलाई घृणा गर्ने मोदीको शिर काट्ने चेतावनी समेत दिएको छ ।
‘हाम्रो मुख्य दुश्मन भारत हो, त्यसमापनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य दुश्मन हो, हामी दुश्मनलाई खतम पार्न जस्तोसुकै कदम पनि चाल्ने योजनामा छौं, हाम्रो मुख्य योजना भनेको नरेन्द्र मोदीको शिर काट्नु हो ।’ अलकायदाले सार्वजनिक गरको भिडियोमा भनिएको छ ।
उक्त भिडियोमा प्रधानमन्त्री मोदीको फोटो समेत राखिएको छ । अलकायदाले शुक्रबार सार्वजनिक गरेको भिडियोमा यस्तो उल्लेख गरिएको थियो ।
अलकायदा चीफ असीम उमरले भनेका छन्–‘वर्ल्ड बैंक, आईएमएफ योजना, ड्रोन हमलों, चार्ली हेब्दोको लेख, यूएन चार्टर, मुफ्तीको उपदेश र नरेन्द्र मोदीको भाषण मुसलमान विरुद्ध रहेकाले हामीले उनीहरु विरुद्ध युद्ध चलाएका छौं, त्यसका जस्तोसुकै कदम उठाउँछौं ।’
अलकायदाको यो भिडियो सार्वजनिक भएपछि भारतमा उच्च सर्तकर्ता अपनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अलकायदाले अमेरिका, संयुक्त राष्ट्र, वर्ल्ड बैंकलाई आफ्नो मुख्य दुश्मन भन्दै आएको थियो । एजेन्सी


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading