भुकम्पपिडितलाई हमालले जोहो गरिदिए १ अर्ब
वैशाख १२ गते आएको भूकम्पबाट पीडित बनेकाहरूको सहयोगार्थ देश तथा विदेशमा सहयोग रकम जुटाउने काम ठूलो स्तरमा भइरहेको छ। हाल युरोप भ्रमणमा रहेका नेपालका सुपरस्टार अभिनेता राजेश हमाल सहभागी एक कार्यक्रममा नेदरल्यान्डको परोपकारी संस्था हिरो ५५५ ले नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ करिब ८.७ मिलियन युरो अर्थात करिब एक अर्ब रुपयाँ उठाएको छ।
हाल फिनल्यान्डमा रहेका हमालले नेदरल्याण्डको राजधानी आम्सटर्डममा रहेका नेपाली र डचहरु सहभागी एक कार्यक्रमबाट उक्त रकम जम्मा भएको हो। सेतोपाटीसँग फेसबुकमा कुरा गर्दै हमालले नेपालको सहयोगार्थ उक्त रकम संकलन भएको बताएका छन्।
उनले कार्यक्रममा आफू र नेदरल्यान्डमा बसिरहेका नेपालीहरुले कार्यक्रममा नेपालीको कुरा राखेको र नेपालको परिस्थितिका बारेमा बताएर सहयोगका लागि अपिल गरेको लेखेका छन्। हमालले आफ्नो सन्देशमा आफूहरू यो कार्यक्रमको साथै त्यहाँको एक टिभी कुराकानीमा पनि सहभागी भएको जनाएका छन्।
संस्थाको यस परोपकारी कदमका लागि हमालले उक्त संस्थालाई धन्यवाद दिएका छन्। त्यस्तै उनले उक्त अभियानबाट उठेको रकम नेपालका विभिन्न गैर सरकारी संस्था मार्फत पीडितको सहयोगार्थ नेपाल पठाइने जानकारी कार्यक्रममा उनलाई दिइएको उल्लेख गरेका छन्। यसअघि उक्त संस्थाले हैटीका भूकम्प पीडितका लागि सहयोग जुटाएको थियो।
हमाल बिहिवार स्वदेश फर्किदै छन्। तत:पश्चात हमालले गोरखा र सिन्धुपाल्चोकका प्रभावित क्षेत्रमा गएर राहत वितरण गर्नेछन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस