ताजा खवरहरु:

पीडितलाई दिन विदेशीले दिएका त्रिपाल बेच्दै नेबि संघका विद्यार्थी

सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई त्रिपाल दिन भनी सरकारबाट लगिएका त्रिपाल नेबि संघका विद्यार्थीहरुले बेच्दाबेच्दै जनताले खोसेर प्रहरीलाई दिएका छन् । पीडितलाई दिन विदेशीले दिएको त्रिपाल सरकारबाट मागेर नेबि संघका विद्यार्थीहरुले काठमाडौंको रविभवनमा विहीवार दुई लाखको बेचेको थियो भने शुक्रवार पचास हजारको बिक्री गरिसकेको थियो । त्रिपाल बेचिरहेकै बेलामा जनताले खोसेर प्रहरीलाई बुझाइदिए । यहि समाचारको नेवि संघका प्रवक्ता युपि लामिछानेले खण्डन गरेक छन् । यो समाचार आफूले पनि सुनेको तर संगठनका कोही साथी त्यसमा सहभागी नभएको उनले जनाएका छन् । यदि कसैले यो काम गरेको रहेछ भने संगठन र राज्यका तर्फबाट समेत कानुनी दायरामा ल्याउने लामिछानेको भनाई छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading