भूकम्प पीडितका लागि कुन जिल्लामा कति रकम गयो?
रखा बारपाकलाई केन्द्रबिन्द्रु बनाएर गत बैशाख १२ गते भूकम्पका पीडितलाई सरकारले नगद सहायता बितरण गर्नका लागि ४७ जिल्लामा रकम निकासा गराएको छ।आइतबार साँझसम्म सरकारले प्रधानमन्त्री राहत कोषवाट मात्रै १ अर्ब ३५ करोड ६७ लाख रुपैया बराबर रकम बिभिन्न जिल्लाका पीडितका लागि निकासा गरेको हो।
जसअनुसार काठमाडौंमा १६ करोड ३० लाख, नुवाकोटमा १४ करोड ५९ लाख, धादिङमा ११ करोड ९७ लाख, दोलखाका लागि १० करोड, रसुवाका लागि ९ करोड ८ लाख रकम पठाइएको सरकारले भक्तपुर र काभ्रेपलाञ्चोकका लागि क्रमशः ५ करोड ६७ लाख र ५ करोड ७१ लाख रुपैयाँ रकम पठाएको छ।
यता, १ करोड देखी ५ करोडसम्म रकम निकासा भएका जिल्ला मध्ये ललितपुर ३ करोड ७१ लाख, रामेछापका लागि २ करोड २४ लाख पाएका छन्। करोड भन्दा बढी रकम पाउने अन्य जिल्ला मध्ये मकवानपुरमा १ करोड ३३ लाख, लम्जुङ्गमा १ करोड, सोलुखम्बुमा २ करोड ४७ लाख, तनहुँमा १ करोड ५ लाख, पर्वतमा १ करोड, चीतवनमा १ करोड, स्याङजामा १ करोड र रुपन्देहीमा १ करोड रुपैया पुगिसकेको गृहले जनाएको छ।
ओखलढुंगाका लागि ६८ लाख निकासा गरेको सरकारले खोटाङ्गमा ५० लाख, पर्सामा ७० लाख, महोत्तरीमा ५० लाख, बाग्लुङ्गमा ५० लाख, सिन्धुलीका लागि ३४ लाख पठाएको छ भने गुल्मीलाई २० लाख, कास्कीलाई ३० लाख, पाल्पालाई २५ लाख, संखुवासभालाई २० लाख रुपैयाँ निकासा गराई सकेको छ।
भोजपुर र मुस्ताङका लागि १५–१५ लाख रुपैया भुकम्प पीडितका लागि पठाएको सरकारले अर्घाखाँची, भोजपुर, प्युठान, खोटाङ, मोरङ्गका लागि भने १०–१० लाख रुपैयाँ पठाएको गृहले जनाएको छ। त्यसो त दैलेख र म्याग्दीमा ८–८ लाखका दरले नगद रकम पठाएको सरकारले सल्यानमा ६ लाख पठाएको छ। सबैभन्दा कम रोल्पा, रुकुम, सुनसरी, तेर्हथुम, धनकुटा, पाँचथरका लागि भने ५–५ लाख दरले गृहले नगद निकासा गराएको छ।
खाद्यान्न र गैर खाद्य सामग्री पनि तिव्रताका साथ विभिन्न जिल्लामा पठाउने कार्य तीव्रताका साथ भइरहेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्तकालिन कार्य संञ्चालन केन्द्र, सुचना समन्वय केन्द्रका संयोजक पुण्यप्रसाद ढकालले बताए। ‘नगद, खाद्यन्न र गैर खाद्यन्न सामाग्री आवाश्यक्ता, समानुपातिक तवरले बितरण गर्न सरकार लागि परेको छ,’ ढकालले नागरिकन्युजसँग भने, ‘मुख्यतः दुर्गम भेगलाई बढी प्राथमिकतामा राखेर राहत बितरण कार्य जारी छ।’ उनका अनुसार सुगम क्षेत्रमा ब्यक्तिसहित बिभिन्न सामाजिक संघ संस्थाले राहत बिततरण गर्ने भएकाले दुर्गमलाई प्राथमिकतामा राखिएको उनको भनाई छ।
त्यसो त आइतवार साँझसम्म सरकारले नेपाली सेनालाई १० करोड, नेपाल प्रहरीलाई १३ करोड, सशष्त्र प्रहरीलाई १० करोड, स्वास्थ्य मन्त्रालयलाई ३ करोड र सहरी बिकास मन्त्रालयलाई १४ करोड गरी थप ५० करोड निकास गरिसकेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस