ताजा खवरहरु:

खासाबाट प्रवेश गर्यो चिनियाँ सशस्त्र प्रहरी

FB_IMG_1430012637385काठमाडौँ-महाभूकम्पबाट प्रभावित क्षेत्रको राहत सहायताका लागि चीनको सशस्त्र प्रहरी टोली खासा नाका हुँदै आइतबार नेपाल प्रवेश गरेको छ।

नेपालको अनुरोधमा नेपाल–चीन सिमा क्षेत्रको चिनियाँ पक्षले आइतबार बिहान बनाएको अप्रेशन योजना चीनको राज्य परिषद् र केन्द्रिय सैन्य आयोगले अनुमोदन गरेपछि पहिलो पटक चिनियाँ सशस्त्र प्रहरी नेपाल प्रवेश गरेको हो।
महाभूकम्प आएको अर्को दिन गत आइतबार चिनियाँ जनमुक्ति सेनाको ६२ सदस्यीय खोज तथा उद्धार टोली नेपाल आएको थियो। चीनले नेपालका भूकम्प अति–प्रभावित क्षेत्रमा स्वास्थ्य शीविर सञ्चालन तथा राहतका लागि अन्य टोलीहरू पनि खटाएको छ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार दिउँसो ट्राफिक उद्धार ब्रिगेडका एक सय ६० सशस्त्र प्रहरी अधिकारी तथा इन्जिनियरिङ मेसिनरीका ५६ एकाई तातोपानीस्थित मैत्री पुल हुँदै नेपाल प्रवेश गरेका हुन्।
एक्जाभेटर सहित नेपाल प्रवेश गरेका चिनियाँ प्रहरीलाई सिमा क्षेत्रमा नेपाल प्रहरी टोलीले स्वागत गरेको थियो। चिनियाँ सशस्त्र टोली भूकम्पका कारण पहिरो गएर अवरुद्ध भएको तोतोपानी–बाह्रबिसे सडक खोल्न परिचालित भएको छ।
गत शनिबारको महाभूकम्पले गर्दा ल्हासाबाट काठमाडौँ आउने सडकमार्ग नेपाल र तिब्बत क्षेत्रमा समेत क्षतिग्रस्त भएको थियो। तिब्बत क्षेत्रको आठ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि चिनियाँ टोली नेपाल प्रवेश गरेको हो। रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारमा प्रमुख रुपमा प्रयोग भइरहेको छ। महभूकम्पसँगै नेपाल–चीन व्यापार ठप्प भएको छ।
चिनियाँ सशस्त्र प्रहरीका करिब पाँच सय अधिकारी तथा इन्जिनियरिङ विभागका एक सय ८० युनिटलाई चार समूहमा विभाजन गरी सडक खोल्न परिचालन गरिने ब्रिगेडका फु लीङले सिन्ह्वालाई बताए। चिनियाँ प्रहरीले ‘नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्प राहत सहायता उपलब्ध गराउने’ फुले बताए।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading