एघार वर्षीय बालिकाले भूकम्प पीडितलाई सहयोग
पाल्पा रामपुर स्थायी घर भई दस वर्षदेखि अमेरिका बस्दै आएका डा. रुद्र अर्यालकी छोरी कुसुम अर्यालले आफूले प्राप्त गरेको पुरस्कार र आफ्नो पहिलो किताब बिक्रिबाट प्राप्त गरेको रोयल्टी गरेर जम्मा १३ हजा ५ सय रूपैयाँ नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेकी छन्।
कुसुमले भर्खरै अन्तर्रास्ट्रिय
साहित्य समाज फ्लोरिडाले बुद्ध सम्बन्धी निबन्ध प्रतियोगीतामा प्रथम भई पाँच हजार प्राप्त गरेकी थिइन् भने दुइ बर्ष पहिला प्रकाशित ‘द म्याजिक मर्मेड गर्ल’ को बिक्रि बाट ८ हजा ५ सय प्राप्त गरेकी थिइन्।
फ्लोरिडाको मोर्गन फिजरल्ड मिडल स्कुलमा कक्षा ६को बिशेष प्रतिभावान समूह अन्तर्गतमा रही अध्यन गरिरहेकी कुसुमले आफ्ना लेखहरू स्कुलबाट र नेपाली समाज फ्लोरिडाले हरेक ३ महिनामा प्रकाशित गर्ने अंग्रेजी संस्करणमा पनि निरन्तर प्रकाशित गर्दै आइरहेकी छन्। उनी अब चाडैंनै आफ्नो दोस्रो किताब प्रकाशित गर्ने तयारीमा छिन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस