२०१६ को डिभि को नतिजा आउँदै
बिगतका बर्षमा झै यस बर्ष पनि पहिलो चरणमा विश्वभरिबाट १,२५,००० लाई छनोट गरिने छ । त्यसैले पहिलो चरणमा छनौट हुदैमा भिजा पाउने कुनै ग्यारेन्टि हुने छैन र छनौटमा परेका सबैजना दोस्रो चरणको प्रक्रियामा जानु पर्ने छ । दाश्रो चरण अर्थात डि.एस.२६० को फर्म भरेर पठाइसके पछि प्राप्त हुने इन्टरभ्यु अप्वाइनमेन्ट अर्थात सेकेन्ड लेटर आइसके पछि मेडिकल रिपोर्ट, पोलिस रिपोर्ट, शैक्षिक योग्यता लगाएतका केहि मापदन्ड पुरा गरे पछि नेपाल स्थित अमेरिकि दुताबास ले अन्तवार्ता लिइ भिजा दिने नदिने निर्णय गर्छ ।
यसरि भिजा प्राप्त गर्नेहरु अमेरिकामा आइ स्थाई रुपमा बसोबार गर्न पाउछन् । यसलाई परमानेन्ट रेसिडेन्ड अथार्त छोटकरिमा पि.आर. भन्ने गरिन्छ र अमेरिका आएको ५ वर्ष पछि निश्चित मापदन्ड पुरा गरि डिभि बिजेताहरुले अमेरिकाको नागरिकता पनि पाउछन् । तर डिभि बिजेताहरुलाई अमेरिकाको सरकारले प्लेन टिकट, अमेरिकामा घर रोजगारि भने उपलब्ध गराउदैन ।
डिभिको नतिजा आधिकारिक वेबसाइट https://www.dvlottery.state.gov/ मा भएको इन्ट्रान्ट स्टाटस चेक http://www.dvlottery.state.gov/ESC/ मा गएर हेर्नु पर्नेछ, डिभि अफिस वा अमेरिकि विदेश मन्त्रालय ले डिभि पर्यो भनि कसैलाई पनि इमेल वा फोनगरेर जानकारि नगराउने बताएको छ । आफ्नो नतिजा हेर्न डिभि फारम भर्दाको कन्फर्मेशन पेज मा भएको नंबर आफ्नो थर र जन्म साल आबस्यक पर्छ । यदि कन्फमेशन नंबर हराएको खन्डमा पनि नतिजा हेर्न सकिने छ । त्यसको लागि रिजल्ट चेक गर्ने पेजमा भएको फोरगेट कन्फर्मेशन नंबर लेखिएको लिंकमा किलिग गरि आफ्नो बिबरण राखिसके पछि पुनं कंफर्मेशन नंबर प्राप्त गर्न सकिने छ । साथै डिभि बिजेताहरुले महाराज गंज स्थित अमेरिकि दुताबासबाट निशुल्क छोधपुछ गर्न पाउछन् । अमेरिकि बिदेश बिभाग अन्तर्गतको डिभि संबन्धि काम गर्ने बिभाग केन्टुकि कन्शुलर सेन्टर इन्फर्मेसनले डिभि बिजेताहरुलाई कुनै पनि परामर्शदाता वा एजेन्टको सहयोग नलिन भनेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
चिठ्टा प्रणली मार्फत अमेरिकाले हरेक बर्ष उपलव्ध गराउने ५०,००० डाइभर्सिटि भिसा को पहिलो चरणको नतिजा यहि मे महिनाको ५ तारिख अर्थात बैशाष २२ गते मंगलबार प्रकाशण हुदैछ । नेपाल स्थित अमेरिकि दुतावासका अनुसार नेपाली समय बेलुकि ९ बजेर ४५ मिनेट पछि बाट उक्त नतिजा अनलाईन मार्फत हेर्न सकिने छ ।
प्रतिकृया दिनुहोस