ताजा खवरहरु:

एडेलेडमा भुकम्पपिडीतका लागी धमाधम राहत संकलन हुदै

३ मे २०१५, एडेलेड​-  एडेलेडमा नेपालमा गएको महभुकम्पपिडीतका लागि राहत संकलनको कार्य  तीब्र रुपमा भैरहेको छ । गैर-आवसीय नेपाली समाज साउथ अस्ट्रेलियाको नेत्रित्वमा भैरहेको उक्त कर्यक्रमबाट हालसम्म समाजको बैंक खातामा

अस्ट्रेलिअन डलर ११,३०० जम्मा भैसकेको छ भने एडेलेडबासी नेपालीहरु राहत संकलनमा लागीनै परेर लागेका छ्न ।

विभिन्न सपिङ्ग सेन्टर अगाडी सहयोग बाकस लिएर बस्ने क्रममा एउटा नेपली समूह हिजो र आज कम्बर्लेण्ड पार्कस्थित वुल्वर्थअगाडी बसेको थियो  । रकम संकलनका लागि हिजो बन्धुविक्रम कार्की, सुनगाभा गौतम, सिर्जना पाण्डे लगायतका महानुभावहरु बस्नु भएको थियो भने आज बन्धुविक्रम कार्की, नबिन कडेल, मिलन दाहाल,  भावना श्रेष्ठ,  दिनेश, सिर्जना पाण्डे लगायतको सहभागिता रहेको थियो ।यो समूह भोलि मेरियन सपिङ्ग सेन्टर र रंडल मलमा बस्ने योजना भएको र त्यसैका लागि सपिङ्ग मल व्यबस्थापनबाट स्वीकृति लिने कार्य भैरहेको बन्धुबिक्रम कार्कीले जानकारी दिनु भयो । यसैगरि नर्थतिर भुटानी समुदायले पनि भुकम्प पीडितका लागि राहत संकलन गरिराखेको बुझिएको छ ।

wow1 wow2 wow3 wow4


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading