ताजा खवरहरु:

भूकम्पको राहतमा अगुवाको गिद्धे नजर

सिन्धुलीFB_IMG_1430005213478–गत शनिबार गएको महाभूकम्पमा पुर्ण रुपमा घर गुमाएका जलकन्या गाविस–८ का माने सार्की शनिबार राहतका लागि गाविस भवन अगाडी चार घण्टा बढी बसे तर अन्तिमा उनि रित्तो हात फर्खनु पर्यो।

उनको क्षति विवरण उतार्ने अगुवाले उनलाई दास्रो स्थानमा राखेकाले उनले पाएनन्। उनी जस्तै पीडितका लागि भन्दै जिल्लामा दर्जन बढी राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गैरसरकारी संस्थाले महाभूकम्पीडितका लागि राहत उपलब्ध गराएको भएपनि ग्रामिण क्षेत्रमा बास्तविक पीडितलाई भने राहत पुग्न सकेको छैन। स्थानीय केही अगुवा व्यक्तित्व र राजनीतिक दलका स्थानीय नेताले आफूसहित आफन्तलाई राहत सामाग्री दिइ दुरुपयोग गर्न थालेपछि वास्तविक पीडित भने राहतबाट ओझेलमा पर्न थालेका हुन्।

जिल्लाबाट भूकम्पको क्षति विवरण उतार्न कर्मचारीह खटिएपनि कर्मचारी घरदैलो नपुगी गाविस भवनमा बसेर विवरण उतार्दा भूकम्पबाट पीडित भएका व्यक्तिहरु ओझेलमा परेका हुन्। मझुवा गाविसमा यही उदारण पोखिएको छ। गाविसका कर्मचारीले गाविस भवनमै बसेर स्थानीयलाई भूकम्पको क्षति विवरण उठाउन लगाएपछि मनपरी बढेकोे हो। मझुवा ६ निवासी जङगबहादुर पुलामीले राहत विवरण उतार्न सो वडाको जिम्मा पाएका थिए तर उनले आफ्नो र आफन्तको बाहेक सबैको आंशिक क्षति विवरण पेश गरे भने आफ्नो पुर्ण क्षति विवरण पेश गरी त्रिपाल हात पारे।

यो एउटा उदारण मात्र हो यस्तो जिल्लाका अधिकांश क्षेत्रमा भएको छ। ‘दाताले दिएको राहत दुरुपयोग भयो,’ जलकन्या गाविसका शिक्षक ओमबहादुर कार्कीले भने। उनका अनुसार संर्वेक्षणमै गतल भएकाले बास्तविक पीडितले भन्दा स्थानीय अगुवाले त्रिपाल सहित राहतमा गिद्धे नजर लगाउदा राहत अगुवाको पोल्टामा पुगेको हो।

‘सरकारले दिएको राहत हाम्रो लागि भन्दा हुनेखाने र भुकम्पबाट थोरै केहिमात्रामा घर चर्केकालाई रहेछ,’ मझुवा गाविसका एक स्थानीयले रुदै भने,’ हामी पीडितले राहत कहा पाउछौ।’ राहत वितरण समितिले पुर्ण रुपमा घर क्षतविक्षत भएकालाई आंशिकमा राखि आंशिक क्षति भएकाले पुर्ण भन्दै राहत लिएका छन्। जिल्लामा भएको ५८ हजार घरधुरीमा पाँच हजार तीन सय ८७ घरधुरी पुर्ण रुपमा क्षति भएका छन् भने ७४ सय २३ घरधुरी आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले हालसम्मको विवरणमा उल्लेख गरेको छ।

पचास गाविस सहित दुई नगरपालिका रहेको जिल्लामा चालिस जिल्ला पुर्ण रुपमा भुकम्पबाट प्रभावित भएका छन्। पुर्ण रुपमा प्रभावित हुने गाविसमा जिल्ला प्रशासन कार्यालयको निगरानीमा प्रसस्तै मात्रामा राहत सामाग्री पुग्न थालेपनि पीडितले भन्दा सामान्य घर चर्केका स्थानीय अगुवालाई मागि खाने भाडा बनेको छ। राहत वितरणमा स्थानिय प्रशासनको कडाइ नहुँदा दुरुपयोग भएको छ, रतनचुरा गाविसका नबराज थापाले भने,…पाउनुपर्ने व्यक्तिले पाएका छैनन्, विवरण उतार्दा उनिहरुलाई पछाडी पारियो।’


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading