ताजा खवरहरु:

अमेरिकामा पुरस्कृत मौसमविद अम्बरिश पोखरेलको भूकम्पबारे अत्यन्त जरुरी अपिल

अहिलेको यो भूकम्प धेरै पहिलेदेखि नै आउने छ भनेर भनिएको थियो । जुन स्वभाविक रुपमा प्रस्तुत भएको हो । यसमा कुनै दुइ विचार छैन । तर यो कहिले वा कुन दिन आउने भन्ने कुरा सधै अनिश्चित थियो । मानब जातीको पहुचको आधारमा केहि मिनट वा सेकेन्ड अगाडी त्यो आउदै छ भनेर भन्न सकिछ ।  झन् कुनै घण्टा तोक्नु सरासर गलत हो । खाली कति प्रतिशत सम्भावना छ भन्ने कुरा भन्न सकिन्छ । अर्थात् तथ्यहरुले के देखाउछ भने भूकम्प हुने वाला छ । जस्तै सन् १२५५ को त्यो नेपालको  डरलाग्दो भूकम्प, १५५० को आसाम भूकम्प,  १९०५ को काकड़ा भूकम्प, १८९७ को सिलोंग, १९०५ को देहरादुन । माथिका सबै भूकम्पको कारण के हो भने यहाँ रहेका  इन्डियन प्लेट र तिब्बती प्लेट बिचको टकराब मुख्य हो ।  जहाँ इन्डियन प्लेट माथितिर सर्दै गरेको छ ।त्यो  माथीतिर सर्दै गर्दा तिब्बती प्लेटले अबरोध सिर्जना गर्ने गर्छ अनि त्यहा डरलाग्दो प्रकारको टकराब सिर्जना हुदा बिशाल सक्ती पैदा हुने गर्छ ।  त्यसको कारणले माथी उल्लेख गरेका महा भूकम्प आउने गरेका हुन् र त्यो टकरावको गती के कती छ भनेर खोजि गर्ने काम भैरहेको छ ।

 

त्यसको मापन गरेर नै कहिले आउला वा कती रेक्टरको आउला भनेर भबिस्य बाणी गर्ने हो । जुन कुरा सजिलो छैन र हुने कुरा पनि भयन । तर बितेका तथ्यले त्यसमा सहयोग गर्ने गर्छ । यसरी त्यो हुने वा नहुने भन्ने कुरा प्रतिशतमा भन्न सकिन्छ । जस्तै सम्बन्धित अनुसन्धानविदका अनुसार पनि  ८ रेक्टर भन्दा माथीको  भूकम्प आउने भन्ने कुरा ८.१० प्रतिशत मात्र देखिन्छ ।  अर्थात् तयारी १० प्रतिशत छर त्यो १० प्रतिसतले पनि नेपालमा के के हुने र के के नहुने भन्ने कुरा फेरी अर्को प्रतिशत माग गर्दछ । जस्तै के कति नोक्शान हुने वा नहुने भन्ने कुरा पनि ।

सन् २०११ को भूकम्प र त्यसबाट सृजित महा सुनामी जापानमा आउदै गर्दा हामी जापान मै थियौ ।  त्यो सुनामीले सारा बिस्व काम्दै थियो । लगभग धेरै बिदेशी जापान छिटो भन्दा छिटो छोडेर हिडेर शायद तिनीहरु अब कहिले आउने छैनन् । कम्तिमा पनि उनीहरुलाई अब चिनेको कुनै जापानिजले बोलाउने छैन वा हेर्न रुचाउने छैन ।  यसको बिसेस कारण छ । तर हामी सामान्य नेपालीहरु भागेर हिड्ने काम गरेनौँ ।  दुखको कुरा हाम्रो दुताबासका महोदयले आफ्नो अफिस घर र ठाउँ छोडेर अर्को शहरमा गयर बसे रे ।  त्यो निकै नै दुखको कुरा थियो । जहाँ दशौ लाख जापानिजहरु बसेका छन् त्यो ठाउँ बस्न लायक छैन भनेर भाग्नुले के संदेश बोकेहोला अनुमान गर्न सकिन्छ । तर कोहि पनि जापनीजहरुले त्यो ठुलो बिपत्तिमा हामीले जस्तो आचरण गरेनन ।  हो पक्कै पनि बजारमा खाने कुराको अभाव भएको हो ।  त्यो पनि केहि विशेष शहरहरुमा मात्र । धेरै नै प्रभाभित ठाउँहरुमा । त्यो त सवाभाविक नै हो नि । तर सरकारले तुरुन्तै जनतालाई शान्त रहन अनुरोध गरे पछि त्यो समस्या पनि तेस्रो दिनबाट देखिएन । जनता आफ्नो नियमित काममा तुरुन्तै फर्किए । विशेष प्रभावित ठाउँ बाहेक अरुतिर नियमित जस्तै थियो । कोहि कसैले त्यो चर्चा गर्दै हिडेन । यसरी, प्रतेक दिन र एकदिनमा धेरै पटक भूकम्प आउने देशका जनताले कसरी यस्ता विपत्तिहरुमा आफुलाई सम्हालेर राख्छन होला पहिला त्यो विचार गरौँ । त्यो अनुसारको आचरण गरौँ र गर्न अभिप्रेरति गरौँ । त्यो हो शान्त हुने कोशिस गर्नु । गराउनु । अरुको हल्लामा हिडाउनु हुदैन । हामी नेपालीले जे पनि आफैले जानेको वा सुनेको नै सत्य हो र त्यो नै अन्तिम हो भनेर हिड्ने वा हावादारी कुरामा बहकिने चलन छ । त्यो पहिला कम्तिमा पनि बिपत्तिमा त्यो नगरौँ । त्यसो गरियो भने अरु नया समस्या निस्कने कुरा निश्चित छ ।
जापानीहरुबाट सिक्ने सकिने साधारण तर निकै प्रभाबकारी आचरणहरु निम्न तरिकाले सुत्र बढ्द गर्न सकिन्छ ।
१. अर्को ८.५ को ठुलो झड्का आउँदै छ भन्ने कुरा सिधा नबुझौँ  त्यो नआउन पनि सक्छ । आउन पनि सक्छ । त्यो त केवल सम्भाबनाको कुरा हो । त्यो आउने प्रतिशत निकै कम वा जम्मा बढीमा १० प्रितशत मात्र छ । विचार गर्नुस नआउने प्रतिशत ९० छ । कुन ठुलो हो । त्यो १० प्रतिशतमा त जे पनि जहाँ पनि हुन् सक्छ । जस्तै अझ हामी सबारी साधन प्रयोग गर्दा पनि त्यो १० प्रतिशत हुने गर्छर अब के भोलि देखि गाडी नचद्ने त रु मारिने भइयो भनेर यात्रा गरुन्जेल रुदै यात्रा गर्ने रु त्यसैले आज भोलि सूचनाको दुरुपयोग हैन कि सदुपयोग मात्र गर्नु पर्ने देखियो । कम्तिमा पनि यो बिपत्तिमा त्यो गरौँ हामी थप मारिने छैन ।
२. केहि  गैर सरकारी सस्थाहरुले  वा तिनका मान्छेहरुले अझ बढी आतंक फैलिने गरी समाचार सम्प्रेसण गरेको देखियो । ति हाम्रा लागी मन्द बिस हुन् तिनीहरुको कुनै कुरा सुनेर विश्वास नगरौँ ।  तिनीहरुको तिरस्कार गरौँँँ अहिले नै ।
३. तपाई जहाँ हुनु हुन्छ र जे काम गर्न सम्भव छ त्यो नियमित काम गर्ने कोशिस गरौँ । यसले जीवन सहज बनाउदै लैजाने छ ।
४. तर अनाबश्यक टेलिफोन, बिजुली प्रयोग नगरौर त्यो अरुको लागी चाहियको हुन् सक्छ ।
५. हाम्रा गाउका गाउ उजाड भयको भन्ने पनि कुरा आयको छ ।  त्यसो हो भने एक गाउले अर्को गाउको सहयोग गरी बस्ने बासको निर्माण गरौँ । जस्तै स्याउले घरहरु निर्माण गरौँ जुन हल्का र छिटो छरितो बनौन सकिन्छ ।
६. तुरुन्तै गाउ गाउमा स्वयम् सेबक समूह निर्माण गरौर तिनीहरुको काम छिटो भन्दा छिटो प्रभावकारी बनाउन अरुले बाहिरबाट उत्तिकै स्वयम् सेबक जत्तिकै काम गरौँ
७. केटा केटीहरुको लागी बिसेस बस्ने ठाउको प्रबन्ध गरौ ताकी कुनै सरुवा रोग वा अल्पकालीन रोगहरुको संक्रमण नहोस । उनीहरुलाई न्यानो पारेर राखौ त्यो काम आगो बालेर पनि गर्न सकिन्छ ।
८. अब के हुन्छ भनेर नसोचौँ । भूकम्प आउने कुरा शतप्रतिशत भन्न सकिन्न त्यो आउन पनि सक्छ र नआउन पनि सक्छ ।  त्यसको धेरै चिन्ता गरेर बस्ने होइन । आफुलाई नियमित बनाउने कोशिस गरौँ । धेरै चर्चा गरेर समयको बर्बाद गरी सहयोग  गर्नु पर्ने ठाउमा अबरोध नगरौँ
९. अस्पतालमा भिड भाड गर्दै नगरौर अस्पताल नजिकका मान्छे मात्र केहि सहयोग चाहिन्छ कि भनेर चनाखो बनेर बसौ ।
१०.  आफु सार्बजनिक सेवामा काम गर्ने मान्छे हो भने त्यो सेवा नियमित गर्ने कोशिस गरौर जस्तै औसधी पसलेहरुले आफ्नो दुकान खोलेर राखौ ।
११. हाम्रा देशका शासक शासक हैनन् ति त कुशासक हुन् तिनीहरुको आशा गरेर बस्नु मुर्खता होर गाउ(गाउ र टोल –टोल मिलेर के के गर्न सकिने हो त्यो गर्न पछी नपरौँ ।
१२.  सेना, पुलिश र अरु सरकारी सेवाका मान्छेहरुले बिबेक प्रयोग गरौँ ।  माथिको आदेश हेरे र वा पर्खेर नबसौ । त्यस्तो बिबेक प्रयोग गरेर काम गर्नको लागी ठुला ठालुहरुले छिटो भन्दा छिटो अनुमती दिने गरुन वा अनुमती माग्नु जरुरी छ ।
१३. राम्रो गर्न खोज्दा हुन जाने केहि सानो तिनो गड़बदीमा दण्ड हुने छैन भनेर सुरुवातमै हाकिमले सूचना जारी गरुन ।
१४. जाना जान बदमाशी गर्ने हरुलाई कडा कारबाही हुने छ भनेर पनि सुरुवातमै हाकिमले सूचना जारी गरुन । जस्तैः  महाराजगन्जका मान्छेहरुले औसधी पसल  समेत बन्द गरेका थिय भन्ने कुरा बिबेकशील नेपाली समुहले नै उजागर गरेका थिए ।
१५. डर हुने कुरा मात्र गर्ने र सुनाउने चलन हामी नेपालीले बन्द गर्नु पर्ने देखियोर  आफुलाई कम गरेर भय पनि सहयोग गर्नु पर्ने देखिन्छ ।
 त्यति मात्र हो र  बिबेकशील हुन सकियो भने नोक्शान कम हुने देखिन्छः जापानिजहरुले के बताउने कोशिस गर्छन भने तिमि सहयोगका लागी तयार बन्ने कोशिस गर आधा समस्या घटेर जाने छन् ।  तिमि कमन सेन्सको  प्रयोग गर तिमीले दुख पाउने छैनौ वा अरुले तिम्रो कारणले दुख पाउने छैनन् । बिपत्तीमा आफ्नो मात्र नसोच । त्यो सोचाइले अरु समस्या निक्लने छ र त्यो नै आम रुपमा समस्या बनेर अरु नोक्शान हुने छ ।
त्यसै गरी भूकम्प प्रतिरोधक संरचना बनाउन कडा कानुन को ब्यबस्था गर्नु त छदै छ । त्यो भन्दा पनि बढी त्यसको पालना गर्ने र गराउने कुरा हाम्रो प्रमुख समस्या हो । हाम्रा प्रशासक अब प्रशासक रहेनन् । तिनीहरु कुप्रशासक हुन् । २ पैशाको लागी जे पनि गर्ने र गराउने गर्छन । त्यो बन्द गर्नु र गर्न लगाउनु अनिबार्य छदै छ । कमिशन खोर नेताको जय जय गर्ने हामी नेपालीले प्राकृतिक बिपत्ती भन्दा हामी आफैले सिर्जना गरेका गलत कामले गर्दा बढी समस्या अहिले भोग्न परेको छ ।  अबका दिनहरुमा हामी सबैको जय होस् ।
डा. पोख्रेल हालै मात्र अमेरिकन मौसमविद समाजबाट पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।)

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading