चिनिया रास्ट्रपति नेपाल आउने
चिनियाँ राष्ट्रपतिले सक्दो छिटो नेपाल भ्रमणको तिथि तय गर्न आफ्ना कूटनीतिक संयन्त्रलाई निर्देशन दिने जानकारी गराएको राष्ट्रपतिका सल्लाहकार हरि शर्माले बताए । शर्मा राष्ट्रपतिको भ्रमण टोलीमा थिए ।
सन् २०१५ को सीको भ्रमण सूचीमा भने नेपाल परेको छैन । सरकारले सीलाई नेपाल ल्याउन धेरै पहिलेदेखि पहल गर्दै आएको छ ।
सीले नेपालमा दिगो शान्तिका लागि संविधान लेखन छिटो सम्पन्न गर्न आग्रह गरेका थिए । ‘नेपालको विकास प्रक्रियामा सहयात्री हुन चीन तयार छ,’ सीको भनाइ उद्धृत गर्दै एक सहभागी अधिकारीले भने । पश्चिमा राष्ट्रले तिब्बतको विषयलाई अनावश्यक रूपमा उछालेको भन्दै उनले त्यसबारे नेपालले अपनाएको संयम र दृढताको प्रशंसा गरेका थिए ।
यादव र सीबीच बोआओस्थित ‘स्टेट गेस्ट हाउस’मा भेटवार्ता भएको थियो । चिनियाँ राष्ट्रपतिले दिगो शान्ति र स्थायित्वको कामना गर्दै नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढेको हेर्न आफूले चाहेको बताएको भ्रमणमा सहभागी सहरी विकासमन्त्री नारायण खड्काले जनाए ।
चीनसित विकास, राजनीति, शान्ति प्रक्रियालगायत दुईपक्षीय सरोकारका विषयमा छलफल भएको उनले बताए । ‘यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्याएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारहरूसित भने ।
साइडलाइन भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाललाई करिब साढे १४ अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए । दक्ष जनशक्ति उत्पादन गर्न ५ वर्षसम्म एक हजार पाँच सय छात्रवृत्ति ‘कोटा’ उपलब्ध गराउने चीन सरकारको अर्को घोषण्ाा राष्ट्रपति भ्रमणको उपलब्धि रहेको मन्त्री
खड्काले बताए । चीनले बुँदागत रूपमै व्यापार, लगानी, पूर्वाधार, पर्यटन, कृष,विज्ञान तथा प्रविधि, क्षमता, ऊर्जा र कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गरेको छ ।
राष्ट्रपति यादव बुधबार स्वदेश र्फकने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतले स्वागत गरे ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस