ताजा खवरहरु:

एमाले नेता ज्ञवाली र अष्ट्रेलियाली मन्त्रीबीच भेटवार्ता

Pradipएमाले नेता प्रदीप ज्ञवालीले अष्ट्रेलियाका बहुसाँस्कृतिक मन्त्री रबिन स्कटसँग औपचारिक भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा द्विदेशिय सम्बन्ध र लगानी अभिबृद्धिका बिषयमा छलफल भएको थियो ।

करिब दुईसाताअघि प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको निम्तोमा अष्ट्रेलिया आएका एमाले सचिव समेत रहेका ज्ञवाली र मन्त्री स्कटबिच मेलबर्नमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा मन्त्री स्क्टले नेपालको संविधान निर्माणका बारेमा चासो ब्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । मन्त्री स्कटले नेपालीहरुले अष्ट्रेलियालाई बहुसाँस्कृतिक देशको रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेलेको बताउँदै नेपालको भ्रमणका लागि कोशिष गर्ने जानकारी गराएका थिए ।

भिक्टोरियाको संसद भवनस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा पुर्व पर्यटनमन्त्री समेत रहेका ज्ञवालीले अष्ट्रेलियाली लगानी बृद्धि गर्न आग्रह गरेका थिए । नेपालको राजनीतिक अवस्था सुधार भइरहेको र लगानी सुरक्षाको ग्यारेन्टी भएकाले पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानीका लागि पहल गर्न उनले मन्त्रीलाई आग्रह गरेका थिए । ‘मैले मन्त्रीलाई अष्ट्रेलिया र नेपालबिच लामो समयदेखि औपचारिक भ्रमण नभएको जानकारी गराउँदै औपचारिक भ्रमणका लागि आग्रह गरें,’ नेता ज्ञवालीले कान्तिपुरसँग भने, ‘त्यसका साथै कृषि, पर्यटन लगायतका क्षेत्रमा अधिकतम सम्भावना रहेकाले लगानीको पहल गर्न समेत आग्रह गरें ।’

अनौपचारिक भ्रमणका आएको भएपनि ज्ञवालीले सिड्नीमा प्रमुख प्रतिपक्षी दलका नेता बिल सर्टनसँग भेटघाट गरेका थिए भने बुधबार बिपक्षी लेबर पार्टीका नेता तथा साँसद म्याट थिस्टेलवेटसँग समेत भेटवार्ता गरेका थिए । यसैगरि ज्ञवालीले भिक्टोरियास्थित मेरिल्याण्ड काउन्सिलका मेयर मेगन होपरसँग समेत औपचारिक भेट गरेका छन् । शुक्रबार भएको भेटमा मेयर होपरले नेपालीले यहाँको समुदायमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेकी थिइन् । उनले नेपालको एउटा सहरसँग सिस्टर सिटीको अवधारणामा जोड दिएकी थिइन् ।

मेलबर्नमा नेपाली समुदायका लागि स्थापना गरिएको पुस्तकालयमा समेत त्यहाँस्थित नेपाली समुदायले उनलाई भ्रमण गराएको थिए । ६ सय बढी नेपाली भाषाका पुस्तकहरु रहेको उक्त पुस्तकालय शाखाले उक्त क्षेत्रका नेपालीहरुलाई नेपाली भाषासम्बन्धि पुस्तकहरु उपलब्ध गराउँदै आएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading