ताजा खवरहरु:

अन्तरास्ट्रिय नेपाली कलाकार समाज, अस्ट्रेलियाले कविता संग्रह प्रकाशन गर्ने

inas- मिलन दाहाल  २५ अप्रिल २०१५, एडेलेड- अन्तरास्ट्रिय नेपाली  कलाकार समाज (अनेकस), अस्ट्रेलियाले कविता संग्रह प्रकाशन गर्ने भएको छ । नृत्य, गायन, अभिनय, साहित्य, चित्रकला लगायतका कलाकारहरुको छाता संगठन अन्तरास्ट्रिय नेपाली  कलाकार समाज, अस्ट्रेलियाले भविष्यमा कसैले चाहेमा उक्त

संग्रहमा रहेको कुनै कविता, गजल अथवा अन्य कुनै रचनामा संगीत भर्न अथवा अन्य कुनै रचनात्मक कार्य गर्न चाहेमा सक्नेगरी अस्ट्रेलियाभर छरिएर रहेका नेपाली साहित्यानुरागीहरुको रचनालाई संकलन गरेर संग्रह गर्न लागेको हो ।संग्रहको नाम “प्रवाशका अक्षरहरु” रहने छ । पहिलो संग्रह २०१५ को नोभेम्बरसम्ममा प्रकासित गर्ने समाजको लक्ष्य रहेको छ ।

प्रकासित गरिने भनिएको उक्त संग्रहवारे प्रकास पर्दै अनेकस, अस्ट्रेलियाका संयोजक रामकृष्ण निरौलाले भन्नुभयो- “अस्ट्रेलियामा रहेका साहित्यप्रेमीहरुको रचनालाई जिवन्त राख्न र आफ्नो नेपाली हुनाको अस्तित्वलाई प्रगाढ बनाउन  कलाको क्षेत्रवाट योगदान दिने उदेश्यले यो प्रकाशनको निरन्तरतालाई सुरु गर्न लागिएको हो ।”

कविता संग्रह सम्भवत बार्षिक रुपमा नत्र द्विबर्षिक रुपमा प्रकाशन गर्ने लक्ष्य रहेको छ । अनेकस संसारभरी फैलिरहेको नेपली कलाकारहरुको संस्था हो जुन अमेरिका, जापान, संयुक्त अधिराज्य, खाडी लगायतका ३७ मुलुकहरुमा आफ्नो साखा खोल्न सफल भैसकेको छ । विदेशमा रहेका नेपाली संगठनहरुको कार्यप्रति असन्तुस्टी राख्दै  आगामी दिनहरुमा क्षमतवान व्यक्तिहरुले नेतृत्व लिएर विदेशमा नेपालीत्वको प्रवर्दन गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्नेमा आशावादी रहेको समेत बताउनुभयो ।

उहाले अस्ट्रेलियामा छरिएर रहनुभएका साहित्यप्रेमीहरुले आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने कुरामा विस्वस्त देखिनु भयो  । साथै आफ्ना रचनाहरु अनेकसको फेसबुक पेज (https://www.facebook.com/kalakaraustralia?fref=ts) को इनबक्स अथवा देहायका इमेल ठेगाना पठाएर सहयोग गर्न तमाम आदरणीय साहित्यप्रेमी साथीहरुलाई  अनुरोध गर्नु भएको छ ।

E-mail: inasaustralia@gmail.com


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading