ताजा खवरहरु:

आइएसआइएस अमेरिकाका लागि बढी चुनौतिपूर्ण

आइएसआइएस अमेरिकाका लागि बढी चुनौतिपूर्णवासिङ्गटन-अमेरिकी समाचार संस्था सिएनएन/ओआरसीले अमेरिकी नागरिकसँग गरेको एक सर्वेक्षणमा इराक र सिरियामा भयानक आतङ्क मच्चाइरहेका आइएसआइएस (इस्लामिक स्टेट) आतङ्ककारीहरु इरान र रसिया वा विश्वका अन्य मुलुकहरुका लागिभन्दा अमेरिकाका लागि निकै खतरापूर्ण रहेको देखिएको छ ।

अन्तर्वार्ताका माध्यमद्वारा गरिएको उक्त सर्वेक्षण प्रतिवेदन गतः बुधबार प्रकाशित भएको थियो ।

सर्वेक्षणमा भाग लिनेहरुमध्ये ६८ प्रतिशतले इस्लामिक स्टेट अमेरिकाका लागि गम्भीर रुपमा चुनौतिपूर्ण रहेको मत प्रकट गरेका थिए । त्यसैगरी ३९ प्रतिशतले इरान, ३२ प्रतिशतले उत्तर कोरिया, २५ प्रतिशतले रसियाका लागि चुनौतिपूर्ण रहेको मत प्रकट गरे । समग्रमा, आइएसआइएस विश्वमै गम्भीर चुनौतिपूर्ण रहेको भन्ने ९० प्रतिशतको मत थियो ।

सर्वेक्षणलाई राजनीतिक र वैचारिक झुकावको दृष्टिकोणबाट विश्लेषण गर्दा पनि ६८ प्रतिशत डेमोक्र्याट समर्थक, ७९ प्रतिशत रिपब्लिकन समर्थक र ६३ प्रतिशत स्वतन्त्र विचारधारा समर्थकहरुले अमेरिकाका लागि इस्लामिक स्टेट अत्यन्त गम्भीर रुपमा खतरापूर्ण रहेको विचार व्यक्त गरेका छन् ।

गत मार्च महिनामा सिएनएन/ओआरसीले गरेको यस्तैखाले अर्को एक सर्वेक्षणमा इस्लामिक स्टेटले आन्तरिक द्वन्द्व बढाइ अमेरिकी क्षेत्र तथा विश्वका अन्य मुलुकहरुमा समेत ठूलै युद्धको खतरा उत्पन्न हुन सक्नेमा ७९ प्रतिशत अमेरिकीहरुले चिन्ता प्रकट गरेका थिए । तर बहुसङ्ख्यकले इस्लामिक स्टेटका युद्ध तथा हिंसाजन्य सबै गतिविधि नियन्त्रण गर्न अमेरिका पूर्ण सफल हुनेमा विश्वस्त रहेको मत प्रकट गरेका थिए । रासस/सिन्ह्वा


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading