दुर्घटनाका मृतक र घाइते लिएर भारतीय सैनिक विमान फर्क्यो
धादिङमा भएको बस दुर्घटनामा निधन भएका र घाइते भएका आफ्ना नागरिकलाई भारत सरकारले वायु सेनाको विशेष विमानमार्फत आज स्वदेश लगेको छ ।
नेपालस्थित भारतीय
राजदूतावासको समन्वयमा बिहान ११:३० बजे नेपाल आएको भारतीय वायु सेवाको विमान अपराह्न ३:२५ बजे फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कामु महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
धादिङस्थित त्रिभुवन राजपथको झ्याप्लेखोलामा बुधबार, ९ वैशाख बिहान भएको बस दुर्घटनामा परी १७ जनाको भारतीय तीर्थालुको निधन भएको थियो ।

भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस ब्रेक फेल हुँदा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
पशुपतिनाथको दर्शन गरेर भारतको गोरखपुरका लागि छुटेको सो बसमा ४५ तीर्थालु सवार थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस