अमेरिकाको हिन्दु मन्दिरमा फेरि तोडफोड
टेक्सास– अमेरिकी राष्ट्रपति बाराक ओबामाले संसारका सबै राष्ट्रले सबै धर्मलाई उत्तिकै सम्मान दिनुपर्ने बताइरहेको भए पनि उनकै देशमा भने हिन्दु मन्दिरमा लगातार आक्रमण भइरहेको छ ।
अमेरिकाको उत्तरी टेक्सासमा रहेको एक हिन्दु मन्दिरको पर्खालमा स्प्रेको माध्यमबाट आपत्तिजनक पेन्टिङ गरिएको छ र तोडफोड पनि भएको छ।
मन्दिर बोर्डका अधिकारी कृष्ण सिंहका अनुसार मन्दिरमा अज्ञात व्यक्तिहरुको समूहले यस्तो आक्रमण गरेका हुन्। यो घटनाले उक्त क्षेत्रमा बस्ने सबै हिन्दु समुदायका व्यक्ति दुखित भएका छन्।
प्रहरीले यस आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न एक जासुसी टिम बनाएको छ। र, अातक्रमणाकारीहरुकाे खोजी कार्य भइरहेको छ। घटनापछि मन्दिर बोर्डका अधिकारीहरुले चारैतिर फलामको तारले बारेका छन्। उक्त इलाकामा हिन्दु र गैरहिन्दुहरु मिलेर मन्दिर सफा गर्न जुटेका छन्। यसअघि १५ फेब्रेअरीमा पनि अज्ञात व्यक्तिहरुले वाशिंगटनको एक मन्दिरबाहिर ‘गेट आउट’ लेखेका थिए। त्यसयता हिन्दु मन्दिरमा क्षति पुर्याउने प्रशस्त घटनाहरु भइसकेका छन्क़।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस