ताजा खवरहरु:

सहयोगको स्वरूप फेरिन चेपांग बालबालिकालाई रेखाले

चितवन, वैशाख ७ - अभिनेत्री रेखा थापा आएकी त थिइन् एउटा सहकारी संस्थाको उद्घाटन गर्न, तर आइतबारको चितवन बसाइमा उनले चेपाङ समुदायका बालबालिका र ठूलाबडाका लागि पनि समय निकालिन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) कतारका सल्लाहकार आरके शर्मासँग उनी रत्ननगर १० स्थित मंगलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा थिइन्, दिउँसो उनी । 'वान पिस' मा रहेकी अभिनेत्री घेरिन बेर लागेन ।

‘चेपाङ समुदायका बारेमा पत्रपत्रिकामा धेरै पढेकी थिएँ,’ उनले भनिन्, ‘पहिलो पटक प्रत्यक्ष देख्न पाउँदा खुसी लाग्यो । चेपाङ बालबालिकालाई मेरो क्षेत्रबाट हुन सक्ने सहयोग गर्छु ।’

आफूसँग फोटो खिच्न ठेलमठेल गरिरहेको भीडमा उनले आफ्नो योजना सुनाइन्, ‘पढ्नलेख्न नपाएका, अनाथ बालबालिका कुनै महिलाले आफूसँग राखेर पढाउँदा टीकाटिप्पणी गर्ने धेरै हुँदा रहेछन् । मैले अबदेखि बच्चा पाल्नेभन्दा उनीहरूको घरगाउँमै पुगेर शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने सोच बनाएकी छु ।’

उनले रेखा थापा फाउन्डेसनको संरक्षणमा रहने गरी ल्याएका चार जना राउटे बालबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा लगाइसकेको बताइन् । ‘सामाजिक काम गर्न पाउँदा मन रमाउँछ,’

उनले थपिन् ।

वर्ष दिनपछि चितवन आएकी रेखाले खाजा र झोलाहरू केन्द्रका बालबालिकामाझ वितरण गरिन् । शर्माले २१ क्विन्टल चामल र रेखाले दुई सय लिटर तेल सहयोगको प्रतिबद्धता पनि जनाए ।

रेखा यतिबेला टेम्पोचालक महिलाको कथालाई समेटेर फिल्म निर्माणको तयारीमा जुटेकी छन् । उनका अनुसार ‘राम प्यारी’ को सुटिङ जेठ ११ देखि सुरु हुनेछ ।

  01 02 04


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading