धुम्बाराहीमा अर्थनग्न अवस्थामा महिला मृत फेला
काठमाण्डौं-राजधानीको धुम्बाराहीको प्रगती टोलमा करिब ३२ वर्षकी एक महिला सडकमा मृत अवस्थामा फेला परेकी छिन्। हत्या गरेर फालिएको हुनसक्ने प्रहरी र स्थानीयले अनुमान गरेका छन्।
बुधबार बिहान करिब ५ बजे सडकमा मृत शव फेला परेको स्थानीयले बताए। घरको छतबाट खसालेर मारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।उनको कोठाको झ्यालबाट ठ्याक्कै तल सडकमा शव फेला परेको हो। शव अर्धनग्न अवस्थामा थियो। आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले संकास्पद दुइजनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मध्ये एक पुरूष र एक महिला छन्। उनीहरूलाई महाराजगञ्ज प्रहरी चौकीमा लगेको बताइएको छ। प्रहरी श्रोतका अनुसार नियन्त्रणमा लिइएका युवाले बिहान पखको घटनाबारे अफूलाई थाह नभएको तर बेलुका भने अफू पनि संगै रहेको जानकारी दिएको बताइएको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस