सलमान जेल जाने सम्भावना
७ बैसाख २०७२, काठमाडौँ-
फैसलामा सलमानका प्रमाण कमजोर
देखिएकाले उनी जेल चलान हुने भएको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
करिब १३ वर्ष अगाडी २००२ को घटनामा लगाईएको आरोप अनुसार सलमानले मदिरा सेवन गरी कार चलाउदा फुटपातमा सुतेका १ जनाको मृत्यु भएको थियो । भने चार जना गम्भीर घाइते भएका थिए ।
तर, सलमानले गाडी आफूले नचलाएको दाबी गर्दै आएका छन् । ड्राइभरले गाडी चलाईरहेको आफु पछाडी सिटमा बसेको वयान अदालतमा दिँदै आएका छन् । उनका ड्राइभरले पनि सोही वयान दिएका छन् ।
पीडित परिवारका व्यक्तिहरुले सलमानले नै गाडी चलाएको आरोप लगाएका छन् ।
४९ वर्षीय सलमान भोली आफ्नो वकिल सँगै थप वयान दिन तथा फैसला सुन्न अदालत जाँदै छन् ।
टिप्पणी अनुसार सलमानविरुद्ध परेका अन्य मुद्दाहरुले पनि न्याय पाउन मुस्किल छ । उनलाई सजाय हुने कतिपय विश्लेषकहरुको अनुमान छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस