ताजा खवरहरु:

आइएसद्वारा फेरि अर्को सामुहिक हत्या, ३० जना इसाईहरुको घांटी काटेर हत्या (भिडियो सहित )

इस्लामिक अतिवादी समूह आइएसले फेरि ३० जनाको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।

आइतवार जारी गरेको २९ मिनेटको उक्त भिडियोमा आईएस लडाकूले लिबियामा पक्राउ गरेका इथियोपियाई इसाइलाई मार्दै गरेको देखिन्छ ।

आईएस कब्जामा दुई समूहमा रहेकाहरु इथियोपियाली चर्चका सदस्यभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

१२ जनालाई समुन्द्र किनारको कुनै अज्ञात स्थलमा हत्या गरेको देखाइएको छ भने १६ जनालाई रेगिस्तान क्षेत्रमा गोली हानेर मारिएको हो ।

एक लडाकूले इसाइहरुलाई धर्म फेरेर इस्लाम बन्न धम्की दिएको भिडियोमा सुनिन्छ । यसअघि फेब्रुअरीमा मात्रै आईएसले इथियोपियाकै २१ जना इसाइलाई मार्ने भिडियो सन्देश जारी गरेका थिए । एजेन्सी


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading