अस्ट्रेलियामा रहेका विद्यार्थीलाई खुशीको खबर, आइएलटिएसको हरेक ब्याण्डमा ५ भए पुग्ने

अस्ट्रेलिया सरकारले स्टडी वर्क भिसा वा ग्रयाजुएट वर्क स्ट्रीम (सबक्लास ४८५) को लागि योग्य हुन आइएल्ट्सको हरेक ब्याण्डमा ६ वा अन्य टेस्टमा पनि यही बराबरको स्कोर ल्याउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।

सरकारले  समग्रमा स्कोर ६  र हरेक ब्यान्डमा ५ भन्दा कम नभए  टीआरको लागि आवेदन दिन पाउने नियम यही अप्रिल १८ बाट लागू हुने गरी घोषणा गरेको हो । कतिपय विद्यार्थीहरू पढाइ सकिएपछि अंग्रेजीकै कारण टीआर पाउन नसकी समस्यामा परेका थिए । एकै पटकको परीक्षामा हरेक ब्याण्डमा ६ ल्याउनुपर्ने नियमका कारण पटक-पटक गरेर हरेकमा ६ आएका तर कहिले एउटा ब्याण्ड त कहिले अर्को ब्याण्डमा ६ ल्याउन नसकेका कारण टीआर पाउनबाट वञ्चित विद्यार्थीको संख्या ठूलो थियो । यही समस्या बुझेर सरकारले बिध्यमान नियमामा परिवर्तन गरेको हो ।

बेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र आयरल्याण्डका नागरिकका लागि भने अंग्रेजी दक्षता परिक्षाको अवश्यक्ता पर्दैन ।  

यसबारेमा थप जानकारी तलको लिंकमा गएर प्राप्त गर्न सकिने छ ;

http://www.immi.gov.au/News/Pages/el-change.aspx

Advertisements

Leave a Reply