लिबियामा करिब ७०० आप्रवासी बोकेको डुंगा दुर्घटनाग्रस्त
६ बैसाख २०७१, एडेलेड- परबाट अर्को डुंगा आएको देखेर डुंगामा सवारहरू एक छेउतिर जादा लिबियामा एक पनिजहाज़ दुर्घटनामा परेको छ जसमा करिब ७०० जना आप्रबासी यात्रा गर्दै थिए । दुर्घटनामा परेकामध्ये करिब २८ जनलाइ उद्दार गरिसकिएको स्काई न्युजका एन्डा ब्राडिले बताएका छन् भने करिब १५० जनालाई बचाउन सकिने उनको अनुमान छ ।
दुर्घटना लम्पेदुसा भन्ने इटालियन आइलेण्डबाट करिव १२० माइल दक्षिणमा भएको स्काई न्युजले बताएको छ । दुर्घटना भएको स्थानमा हवैजहाज़ र पानिजहज़ले निक्कै ठुलो खोजि र बचाऊ अभियान जारि राखेका छन् । डुंगा लिबियाबाट इटालियन तटतर्फ़ जादै गरेको बताइएको छ । यसवर्षमात्र करिब ९०० जनाले डुंगा दुर्घटनामा ज्यान गुमाई सकेका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस