एउटै रुखमा पासो लगाएर तीन बालिकाद्वारा आत्महत्या
बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् ।
बझाङको सुर्मा गाविस–५ का १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
लिपपोत गर्न माटो लिन शुक्रबार तीनै जना घरबाट निस्केका थिए । बेलुका घर नफर्केपछि खोजीमा जुटेका आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटाएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले जानकारी दिए ।
उहाँका अनुसार घटनास्थल सदरमुकामभन्दा टाढा रहेकाले पूर्ण विवरण आउन बाँकी छ । मृतक तीनै जना माटो लिन बोरा र नाम्लो लिएर गएको समेत बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले तीन बालिकाको शव आज बिहान सदरमुकामस्थित जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।
बालिकाहरु सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन । सदरमुकामबाट झन्डै छ घन्टाको पैदल दूरीमा घटनास्थल पर्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस