अपहरण र हत्याको तयारीमा रहेकोे समूह पक्राउ
एक थान सहित ना१ज ३०७० नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ परेकामध्ये रोक्का मगर र घर्तीमगरलाई वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाइएकोमा कानून विपरीत भएकाले उनीहरु त्यहाँ पक्राउ परी नेपाल फर्किएपछि पठाउने व्यक्तिलाई माने कागज गराउने नमाने गोली हानी हत्या गर्ने योजनाका साथ चितवनमा रहेका बेला पक्राउ परेका हुन् । उनीहरुले योजना सफल नभएमा नारायणगढका एक जना व्यापारीलाई अपहरण गरी फिरौती असुल गर्ने र असुल नभएमा हत्या गर्ने योजनासाथ व्यापारीसँग भेटघाट गरी कुराकानीसमेत गरेको प्रहरीले जनाएको छ । घटना हुनुभन्दा अगाडि नै दिउँसो ४ बजे नारायणी नदी किनारको चौरबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक थापाले बताए । अभियुक्तहरुलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यस मुद्दामा तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ६० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । हत्याको योजना बनाइएका म्यानपावरका सञ्चालक र व्यापारीको नाम भने प्रहरीले गोप्य राखेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस