ताजा खवरहरु:

डा. केसीको स्वास्थ्य जोखिममा


gkc९ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । १५ चैत राति उनलाई ब्राडिकार्डिया (मुटुको चाल सुस्त भएको अवस्था) भएको ‘मेडिकल टिम’ ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामान्य वयस्क मानिसको मुटुको धडकन प्रतिमिनेट ६० भन्दा कम भयो भने ब्राडिकार्डिया भएको मानिन्छ । डा. केसीको मुटुको धडकन् ३५ बीपीएम सम्म ओर्लेकोे र तत्काल औषधि दिएर ठिक पारिएको चिकित्सकले बताएका छन् । टोलीकी संयोजक प्राडा दिव्यासिंह शाहले ब्राडिकार्डिया दोहोरियो भने जीवनकै खतरा हुनसक्ने बताइन् । त्यस्तै उनको अक्सिजन स्याचुरेशन घटेको छ भने रगतमा इलेक्ट्रोलाइटको समेत कमी छ । डा. केसीको छाती र टाउकोको दुखाई बढदै गएको, मांसपेशी बाँउडिने समस्या शुरु भएको पनि विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य स्थिति बिग्रिएर केसीको जीवन नै खतरामा भएकोले आइसीयुमा राख्नु जरुरी भइसकेको पनि डा. शाहले बताइन् । यता केसी भने आइसीयूमा जान मानिरहेका छैनन् । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading