३२ दाँत र २४ औँला भएकी बच्चीको जन्म
एजेन्सी / इराकको कुर्दिस्तानमा एक बच्ची ३२ दाँत र २४ आँैलासहित जन्मिएकी छिन् । ती बच्चीका दाँतहरु कुनै साना र कुनै ठुला रहेका छन् । सामान्य तरिकाले नै जन्मिएकी ती बच्चीमा कुनै हर्माेनको कारण वा अत्यधिक क्याल्सीयमको कारण यस्तो भएको हुनसक्ने डाक्टरहरु बताउँछन् । स्वास प्रस्वासमा समेत
समास्या रहेको ती बच्चीले खाना खान समेत नसक्ने बताइएको छ । डाक्टरहरुले उनका मुखमा रहेका दाँतलाई सर्जरी गरेर बाहिर निकाल्नु पर्ने अन्यथा गम्भीर समस्या उत्पन्न हुने बताएका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस