ताजा खवरहरु:

विश्व रेकर्ड राख्न ८३ वर्षको उमेरमा सगरमाथा

जेष्ठ आरोहीको उपाधि फर्काउन मीनबहादुर शेरचन ११ गते लुक्लातर्फ

नयाँ रकेर्ड कायम गर्ने अभिलासा सहित मीनबहादुर शेरचनले सगरमाथा आरोहणको निधो गरेका छन्। ८३ वर्षीय शेरचन सफल भए भने सबैभन्दा पाको उमेरमा सगरमाथा चढ्ने किर्तीमान कायम रहनेछ।

उनले सगरमाथा आरोहणका लागि आवश्यका सबै प्रकृया पूरा गरेको हिमालयन गाईडका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताएका छन्।

सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले

गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने गर्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए।

सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि शेरचनको किर्तीमान खोसिएको थियो।

तीनै जापानी आरोहीको रेकर्ड तोड्न शेरचन लामो समयदेखि अभ्यासरत छन्। शेरचन वैशाख ११ गते सगरमाथा आरोहणका लागि लुक्ला प्रस्थान गर्ने अन्तिम तयारीमा छन्। ‘सरकारी परमिट लिई सकेका छौ, लोकतन्त्र घोषणा भएको दिन पारेर शेरचन लुक्ला तर्फ लाग्ने तयारी भएको छ,’ पौडेलले भने।

पोहोर साल पनि शेरचन सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिवीर गएका थिए। प्रतिकुल मौसमले उनी आरोहण रद्ध गरी फर्कनुपर्यो।

शेरचन सगरमाथा चढ्नका लागि शारीरीक रुपले तन्दुरुस्त भएको बताउँछन् ।

गैर आवसीय नेपाली संघ,युकेको प्रायोजनमा र हिमालयन गाईड्सको प्राविधिक सहयोगमा ८३ बर्षिय ९ महिनाका मिनबहादुर शेरचन सगरमाथा चढ्ने तयारी गरेका हुन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading