स्वस्थको क्षेत्रमा १/२ दर्जन संग्संस्थाले काम गरिरहेको जाजरकोटमै किन महामारी ?

jajarkotजाजरकोटको स्वास्थ्य, सरसफाइका क्षेत्रमा आधा दर्जनभन्दा बढी संघसंस्थाले काम गर्दै आएका छन् । उनीहरूले ती कार्यका लागि बर्सेनि करोडौं खर्च गर्दै आएका छन् । तालिम, गोष्ठी, पोस्टर, होडिङ बोर्ड, भत्ता, खानेपानी योजना निर्माण तथा मर्मत लगायतमा बजेट खर्च हुन्छ । तर, स्वास्थ्यस्तर माथि उठ्न सकेको छैन ।

युनिसेफ, लापा, सुहारा, हेल्थ फर लाइफ, हेल्भेटास, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय, रेडक्रस लगायत संघसंस्थाले स्वास्थ्य र सरसफाइ क्षेत्रमा काम गरेका छन् । ‘यो महामारीले यती धेरैको लगानी बालुवामा पानी जस्तै देखाएको छ । जिल्लाको स्वास्थ्यस्तर माथि उस्कन सकेको छैन,’ नागरिक अगुवा केशवजंग शाहले भने ।

जिल्ला अस्पताल र अन्य ३५ स्वास्थ्य संस्थामा जनशक्ति अभाव छ । जिल्लाभरका स्वास्थ्य संस्थामा १ सय ९५ जनाको दरबन्दी छ । तर ९५ जनाको मात्र पदपूर्ति भएको छ । जिल्ला स्वास्थ्यमा ३, अस्पतालमा ३, प्राथमिक स्वास्थ्य केन्द्रमा १५ र स्वास्थ्य चौकीमा ४६ जनशक्ति नपुग छ । जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र २ मेडिकल अधिकृत, तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एक/एक मेडिकल अधिकृतको दरबन्दी छ ।

तर जिल्ल्ाामा अहिले ४ मेडिकल अधिकृत मात्र कार्यरत छन् । ती स्वाथ्यकर्मी पनि काजमा जाने गर्दा झन समस्या हुने गर्छ । जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै मेडिकल सुपरिटेन्डेन्टले पाइलो टेकेका छैनन् ।

२०५१ मा स्थापित गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रले मेडिकल अधिकृतको अनुहार देखेको छैन । अहेवको भरमा केन्द्र सञ्चालन हुने गरेको छ । जिल्ला अस्पताल स्थापना भएको ३१ वर्ष भयो तर मेडिकल सुपरिटेन्डेन्ट हाजिरसमेत भएका छैनन् । दुई वर्षदेखि यहाँ दरबन्दी रहेका मेडिकल सुपरिटेन्डेन्ट गणेश थापा क्षेत्रीय अस्पताल सुर्खेतमा काज बस्दै आएका छन् ।

जिल्लाका तीन दर्जन स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण हुने औषधि कोटा पनि न्यून छ । स्थानीय बासिन्दा निजी मेडिकलको औषधिको भर पर्न बाध्य छन् । निःशुल्क औषधि वितरण कागजमा सीमित छ । स्वास्थ्य संस्थामा सिटामोल र जीवनजलबाहेक भेटिँदैन । औषधि समयमा आपूर्ति नहँुदा झन् समस्या पर्छ । अलि गतिलो उपचार गर्नुपरे जिल्ला छाडनुको विकल्प छैन ।

दूषित पानी, फोहोर, चेतनाको कमी, कुपोषण, गरिबीलगायत कारणले यहाँ महामारी चल्ने जिल्ला स्वास्थ्य प्रमुख शाहले बताए । २०६६ मा झाडापखालाको महामारी फैलियो । ३ सय ५० भन्दा बढीको ज्यान गयो । ३० हजार बढी प्रभावित भए । महामारी नियन्त्रण र सरसफाइका नाममा २३ करोड रकम राज्यकोषको खर्च भएको थियो ।

गत पुस १८ गते जाजरकोट खुला दिसामुक्त जिल्ला घोषणा भयो । खुला दिशामुक्त घोषणा गर्न ३ करोड ५० लाख खर्च भएको थियो । तापनि जिल्लाको सरसफाइको अवस्थामा सुधार आउन सकेन । चैत दोस्रो सातादेखि मौसमी रुघाखोकी र स्वाइन फ्लुको प्रकोप फैलिएको छ । २१ को ज्यान गइसकेको छ । ५ हजार जनाभन्दा बढी रोगबाट प्रभावित भएका छन् ।

Advertisements

Leave a Reply