बालिका बलात्कारको आरोपमा पक्राउ

Image result for child rapeबालिका बलात्कारको आरोपमा लाजिम्पाटका एक युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । आफन्तको घरबाट फर्कंदै गरेकी १३ वर्षीया बालिकालाई २७ वर्षीय नीलकण्ठ महर्जनले बलात्कार गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चैत २१ मा दिदीको घरबाट फर्कंदै गर्दा महर्जनले होटलमा खाजा खुवाउन लगेको निहुँ पारेर बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले घटनाको अनुसन्धान भइरहेको बताए ।

Advertisements

Leave a Reply