एसिड हान्ने थुनामा
कि छाड्ने भन्नेमा अदालतले दिने आदेशलाई पुर्पक्षको आदेश भनिन्छ । तीन वर्षभन्दा बढी जेल सजाय हुने कसूरका अभियुक्तलाई तत्काल प्राप्त सबुद र प्रमाणका आधारमा थुन्नुपर्ने देखिए अदालतले पुर्पक्षका लागि यसरी जेल चलान गर्ने कानुनी व्यवस्था छ ।
गत फागुन १० गते जीवनले वसन्तपुरकी संगीता थापामगर र सीमा बस्नेतमाथि ट्युसन पढिरहेकै बेला एसिड प्रहार गरेका थिए । चैत ६ गते पक्राउ परेपछि पत्रकार सम्मेलनमा जीवनले घटना आफूबाटै भएको स्वीकारेका थिए । उनका अनुसार संगीताले आफू दलित हो भन्ने थाहा पाएपछि प्रेम सम्बन्ध तोडिदिएकाले बदला लिन एसिड प्रहार गरेका हुन् ।
पीडित किशोरीको परिवारले भने जीवनले दाबी गरेजस्तो कुनै प्रेम सम्बन्ध नभएको बताएको छ । उनीहरू दुवैका परिवार एउटै घरमा भाडामा बस्दै आएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस