गुगल कारबाहीमा पर्ने सम्भावना
३ बैसाख २०७२, लन्डन- युरोपेली संघ (इयु)ले इन्टरनेट सर्च बादशाह गुगलविरुद्ध आफ्नो एकल दबदबा शक्ति दुरुपयोग गरेको आरोपमा कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको छ। सर्च इन्जिन बादशाहले गैरप्रतिस्पर्धी आचरण गरेको भन्दै इयुले गुगलविरुद्ध कानुनी कारवाहीको प्रक्रिया थालेको हो। इयुकी प्रतिस्पर्धा आयुक्त मागरेट वेस्टेयरले गुगलले केही छानिएका सपिङ सेवालाई मात्र सर्चमा प्राथमिकता दिने गरेको आरोप लगाए।
गुगलले यो आरोपको खण्डन गर्दै यसमा आफ्नो राय आधिकारिक रुपमा जनाउने उल्लेख गरेको छ। कानुनी रुपमा गुगलले १० हप्ताभित्र आफूमाथि लागेको आरोपको प्रस्टिकरण दिनुपर्ने हुन्छ। आरोप सही सावित भएमा गुगलले जरिवानास्वरुप करोडौं डलर तिर्नु पर्नेछ।प्रतिद्वन्द्वीहरुको उजुरीका आधारमा इयुले गुगलका अन्य गतिविधिमा पनि निगरानी राख्दै आएको छ। इयुले स्मार्टफोनका लागि गुगल अपरेटिङ सिस्टमको सेवाबारे पनि छानविन थालेको छ।युरोपमा अनलाइन सर्चको ९० प्रतिशत हिस्सा गुगलको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस