ताजा खवरहरु:

कतार एरवेयज: संसारकै सुरक्षित बायुसेवा

qatar३ बैसाख २०७२, काठमाडौँ -कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज ‘संसारकै सबैभन्दा भरपर्दो वायुसेवा' मा दरिएको छ।
कतारको नेपालस्थित कार्यालयले बुधबार जनाएअनुसार ट्राभल अनलाइन वान्डरब्याटले २२ वटा प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको अध्ययन गरेपछि सिबिएस मनिवाचको संस्करणमा कतारले उक्त उपाधि पाएको हो। वान्डरब्याटले तोकिएको समयमै उडान, ब्यागेज चेकिङमा कम खर्च र जहाजको औसत आयु कम भएका आधार लिएर अध्ययन गरेको थियो। कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको कतार एयरवेजले हाल काठमाडौं–दोहा सेक्टरका लागि दैनिक तीन उडान गरिरहेको छ। यसअघि दैनिक चार उडान गर्थ्यो। प्रत्येक दिनको अन्तिम उडानमा ‘वाइड बडी' जहाज प्रयोग गरिएका कारण उडान संख्या तीनमा झारिएको कम्पनीले जनाएको छ। कतारले हाल १ सय ५२ आधुनिक जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका ७० देशका १ सय ४६ गन्तव्यमा उडान गरिरहेको छ।

 

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading