ताजा खवरहरु:

छाक टार्न समस्या हुनेले दिए पाँच सयलाई रोजगारी

काठमाडौं,चैत १६ – कुनै बेला बिहान बेलुकाको छाक टार्न समस्या भएको परिवारमा हुर्केका काभ्रे पात्लेखेतका रामबहादुर गौतमले यतिबेला भने आफैंले सञ्चालन गरेका विभिन्न क्षेत्रबाट पाँच सयभन्दा बढीलाई रोजगारी दिन सफल भएका छन् । lila mani poudel साधारण परिवारमा जन्मेका उनले गाई फार्म,विभिन्न मेसिनरी पार्टपुर्जा तथा अन्य विविध काममा पाँच सयलाई रोजगारी दिएका हुन् । १४ वर्षसम्म अर्कैको काम गरेका गौतमले २०५३ सालदेखि आफैंले सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गरी २०७१ सालसम्म आइपुग्दा उनले सञ्चालन गरेका विभिन्न व्यवसायहरुमा र १८ महिना अघिदेखि सञ्चालनमा आएको गौतमश्री आर्गानिक एण्ड काय फार्मको लगानीसमेत १४ करोड रुपैयाँमाथि पुगेको छ भने

यसमा प्रत्यक्ष ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

सो फार्ममा थप परिमार्जन र परिष्कृत गर्दै गएका उनको फार्ममा हालत तीन सय ५० भन्दा बढी उन्नत जातका गाइहरु रहेका छन् । उक्त फार्मका प्रवन्ध निर्देशकसमेत रहेका गौतमले यस फार्ममा कार्यरत कर्मचारीहरुलाई १४ हजारदेखि २१ हजारसम्म तलब दिएको जानकारी दिए । आफ्नै फार्ममा एक कार्यक्रम गरी प्रवन्ध निर्देशक गौतमले फार्ममा ७० हजारदेखि १ लाख ५० हजारसम्म उन्नत जातका विभिन्न प्रजातिका गाइहरु रहेको जानकारी दिए । फार्म सञ्चालनका सुरुवाती वर्षहरुमा दैनिक ४० हजार घाटा व्यहोरेका भन्दै उनले पछिल्ला केही महिनादेखि दैनिक ५० हजार रुपैयाँ नाफामा गएको बताए । आजको आर्थिक दैनिकमा खबर छ ।

– See more at: http://www.ratopati.com/2015/03/30/221874.html#sthash.vezobTRk.cmyDNDtH.dpuf


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading