ताजा खवरहरु:

पेटबाट दिसा-पिसाव गर्दै आएका अनिल श्रेष्ठको उपचार हुने

  http://www.youtube.com/watch?v=i_AMcPCduNw २ बैसाख २०७२, सुनसरी- जन्मेदेखि नै पेटबाट दिसा–पिसाव गर्दै आएका सुनसरी धरानका ५ वर्षीय बालक अनिल श्रेष्ठको उपचार हुने भएको छ । आर्थिक अभावका कारण अनिलको उपचार हुन नसकेको समचार इमेज

च्यानलबाट प्रशारण भएपछि उनको उपचारका लागि सहयोग जुट्न थालेको हो ।

हङकङ बस्ने किरण राई, रिस्ता गुरुङ, धरानकी करुणा राई र काठमाडौंकी जुनु पुनको पहलमा२ लाख रुपैयाँ संकलन भएसँगै अनिललाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको छ ।

अनिलले पेटमा रहेको प्वालसँगैको ट्युमरबाट दिसा–पिसाव गर्ने गरेका छन् । धरानकी करुणा राईले समाचार हेरेपछि अनिलका लागि सहयोग संकलन अभियान थालेको जानकारी दिइन् ।

उनले अनिलको उपचारका लागि हङकङ, बेलायत, अष्ट्रेलिया, जापान, धरान, काठमाडौं, भोजपुरलगायतका स्थानमा आर्थिक सहयोग संकलन भैरहेको पनि बताइन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading