ताजा खवरहरु:

भिसा प्रोसेसिङ जिम्मा नदिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

१६ चैत २०७१, काठमाण्डौPrabhu_20150329025453- व्यवस्थापिका संसदको अर्को एक समितिले भिसा प्रक्रिया निजी कम्पनीलाई दिने निर्णय तत्काल नगर्न सरकारलाई आइतवार निर्देशन दिएको छ । अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृहमन्त्रालयले अघि बढाएको प्रस्ताव विवादमा आएको र थप अध्ययन गर्नुपर्ने भन्दै कार्यान्वयन नगर्न सरकारलाई भनेको

हो ।

समिति सभापति प्रभु साहको अध्यक्षतामा बसेको बैठकमा बोल्ने अधिकांस सभासदहरुले सुरक्षा मामिला जोडिएको अध्यागमन र भिसा सम्बन्धी काम गृह मन्त्रालयले हठातमा विदेशी कम्पनीलाई दिन लागेको भन्दै आपत्ति जनाएका थिए ।

सुरक्षा संवेदनशीलता अध्ययन गरेर मात्र त्यसबारे निर्णय गर्नुपर्ने समितिको निष्कर्ष थियो । समितिले उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई बोलाएपनि उपस्थित भएनन् । गृह सचिव सुर्य सिलवालले सभासदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

यसअघि संसदको लेखा समिति र राज्य व्यवस्था समितिले यस्तै प्रकृतिको निर्देशन दिइसकेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading