मागेरै भए पनि जनताको घरमा बाटो,बिजुली र खानेपानी पुर्याउँछु: बाबुराम
गरेका हुन् ।
विगतमा प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ जाने र उनीहरुका पीरमर्का बुझ्ने प्रतिवद्दता जनाएका बाबुरामले आफ्नो पुरानो प्रतिवद्दता पूरा गर्न नसकेको प्रति क्षमा मागेका छन् । ‘मैले विगतमा तपाईंहरुको माझमा आइरहने प्रतिवद्दता जनाएको थिए,तर मैले मेरो बाचा पूरा गर्न सकिनँ । निर्वाचनमा पनि आउन पाइनँ,त्यसका लागि तपाईंहरुसँग क्षमा माग्न चाहन्छु’ बाबुरामले भने ।
भट्टराईले एमाओवादी पार्टीको झन्डा बोकेर निर्वाचनमा उठे पनि आफू सबैको साझा मान्छे भएको बताए । उनले जनप्रतिनिधि राजा नभएर जनताको सेवक भएकाले उनीहरुको गल्तीमा जनताले खबरदारी गर्न छाड्न नहुने बताए ।
यसभन्दा अघि जिल्ला आउँदा निर्वाचन क्षेत्र विकासका लागि सांसद् विकास कोषमार्फत दिइँदै आएको एक करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रको विभिन्न बजेट शीर्षकमा बाँडफाँड गरिसकेका भट्टराईले जनताको सहभागिता र समर्थनमा विकास निर्माणलाई निरन्तरता दिने बताएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
१ वैशाख, गोरखा – आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटघाटमा जुटेका एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले मागेरै भए पनि जनताको घर– दैलोमा बाटो, बिजुली र खानेपानी पुर्याइदिने प्रतिवद्दता व्यक्त गरेका छन् । गोरखाको दक्षिणी भेगमा पर्ने घैरुङ गाविसलाई मंगलबार बिहान नमूना गाविस घोषणा गर्दै नेता भट्टराईले यस्तो प्रतिवद्दता व्यक्त
प्रतिकृया दिनुहोस